Comments Add Comment

लोनमा सिटी छाड्ने तेस्रो खेलाडी बने नासरी

Samir Nasri१५ भदौ, काठमाडौं । म्यानचेष्टर सिटीका मिडफिल्डर समिर नासरी लोनमा एक सिजनका लागि स्पेनिस क्लब सेभिल्ला गएका छन् ।

ट्रान्सफरको अन्तिम दिन सिटी छाड्ने उनी तेस्रो फुटबलर हुन् । यसअघि गोलकिपर जोए हार्ट र बोनी लोनमा अर्को क्लबमा गएका छन् । हार्ट इटालियन क्लब टोरिनो र बोनी स्टोक सिटीमा गएका हुन् ।

पेप ग्बार्डिओला प्रशिक्षक भएपछि नासरीले क्लबको मुख्य टिमसँग अभ्यास समेत गर्न पाएका थिएनन् । एद्यपि वेष्टह्यामविरुद्ध भने खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment