Comments Add Comment

अन्तरजातिय कथामा ‘घामपानी’ बन्ने, दयाहाङ र केकीको जोडी

dayahang and keki (2)
संचारकर्मी दीपेन्द्र लामाले निर्देशन गर्न लागेको चलचित्र ‘घामपानी’को घोषणा गरिएको छ । आज काठमाण्डौको मण्डला थिएटरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अन्तरजातिय कथामा चलचित्र बन्न लागेको जानकारी गराइयो ।

निर्देशक लामाले करिब १० बर्षदेखि चलचित्र निर्देशन गर्ने आफ्नो सपना पुरा हुन लागेको बताए । सिनेमा आर्टस्को निर्माण, हाइलाइट्स नेपाल र टचलाइट प्रोडक्शनको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रको छायांकन असोज ६ गतेबाट सुरु हुनेछ ।dayahang and keki (1)

एउटै गाउँका २ फरक जातीका युवा र युवतीविच प्रेम हुँदा दुई पक्षको पारिवारिक सम्बन्धमा पैदा हुने उतारचढावको कथामा यो चलचित्र तयार हुनेछ । चलचित्रमा दयाहाङ राई र केकी अधिकारी मुख्य भूमिकामा छन् । साथमा वुद्धि तामाङ, अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय यो चलचित्रमा रहनेछ ।

चलचित्रमा ओम गुरुङ, शैलेन्द्रध्वज कार्की, रौनकविक्रम कँडेल, ओमचन्द रौनियार र विश्व गौचनको लगानी रहनेछ । वाल्मिकी पोखरेल र मणिराम पोखरेल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्रध्वज कार्कीको छायांकन, कालिप्रसाद बास्कोटा र चन्द्रकुमार श्रेष्ठको संगीत रहनेछ । रामबाबु गुरुङ चलचित्रमा स्त्रिmप्ट कन्सल्ट्यान्ट हुन् ।
ghampani suva sait (1)
कार्यक्रममा बोल्दै नायक दयाहाङ राइले एउटा राम्रो कथामा चलचित्र बन्न लागेको बताए । चलचित्रमा दया तामाङ यूवक र केकी बाहुन यूवतीको रुपमा देखिनेछन् । यी दुइको प्रेमपछि हुने उतारचढावलाई चलचित्रमा देखाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment