Comments Add Comment

दयाको फिल्ममा प्रियंकाको उद्घोषण मोह, भेटघाटका लागि कि चर्चाका लागि ?

priyanka karki
अमेरिका र बेलायतमा करिब डेढ महिना भुलेपछि नायिका प्रियंका कार्कीको चर्चा मिडियामा सुस्ताएको थियो । सायद, यही सुस्ताएको माहोललाई फेरि तताउनका लागि हुनसक्छ, एक चलचित्रको कार्यक्रममा प्रियंका आफ्नै करले उद्घोषक बनिन् । चलचित्रको मुख्य नायिकामा केकी अधिकारी अनुवन्धित भएपछि नायिका कार्कीले पत्रकार सम्मेलनको संचालन गरेरै भएपनि माहोल तान्ने कोशिश गरिन् ।

उनले सुरुवातमै भनिन्-‘लामो समयदेखि म नेपालमा नरहेकाले पनि साथीभाइसँग भेटघाट गर्नका लागि जर्बजस्ती आफ्नै करले उद्घोषिका बनेकी हुँ ।’ कार्यक्रममा पुग्दा मिडियामा पाइने लाइमलाइटले पनि नायिका कार्की उद्घोषिका भएपनि सही, भन्दै पोडियममा उभिइन् । चलचित्र ‘घामपानी’को कार्यक्रममा नायिका कार्की उद्घोषिका बनेकी हुन्, जुन चलचित्रका नायक दयाहाङ राई हुन् । दया र प्रियंका चलचित्र क्षेत्रमा निकट मानिन्छन् ।

उनले आफू लामो बोलिनन्, सामान्य कुरा मात्रै गरिन् । सायद, शुद्ध नेपाली बोल्ने कोशिश गरेकाले पनि हुनसक्छ, नायिकाको भाषणकला लोभलाग्दो थिएन । तर, केही अतिथीहरुले भने प्रियंकालाई राम्री र मिठो बोल्ने भनेर फुर्काएका थिए ।

विदेशबाट आएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी नायिकाले आफ्नै करले भएपनि चर्चा पाउने कोशिश गरिन् । गसिप बजारमा रम्न त कसैले नायिका कार्कीबाट सिकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment