Comments Add Comment

बिएमडब्लु कारभन्दा महँगो घोडा, १ करोड ८० लाखमा बिक्यो घोडा

horse_saleएउटा घोडाको मूल्य कति होला ? भारतमा एउटा घोडा पौने २ करोड रुपैयाँ भन्दा बढिमा बिक्री भएको छ ।

राजस्थानको पाली जिल्लामा मारवाडी नश्लको प्रभात नामको उक्त घोडा नारायणसिंह आकडावासले १ करोड ११ लाख भारुमा किनेका हुन् । ११ वर्षको उक्त घोडा भंवर सिंह राठौरले पाल्दै आएका थिए ।

घरजग्गा तथा खानी व्यवसाय गर्ने धनाढ्य नारायण सिंहले यसअघि मारवाडी नश्लकै दुइवटा पोथी घोडा पालेका थिए । जब उनले प्रभात घोडाको बारेमा सुने त्यसलाई जतिसुकै मूल्य चुकाएर भएपनि किन्ने निधो गरे ।

पाैने दुइ करोड मूल्यको उक्त घोडाका लागि नारायणले दुईथरी तबेला तयार पारिसकेका छन् । एउटामा बस्ने र अर्कोमा चर्ने । बेलायती शैलीमा उसका लागि पानीको पोखरी बनाइएको छ ।

घोडाको रेखदेखका लागि ३ कर्मचारी नियुक्त गरिएको छ । बिहानको नाश्तामा घोडालाई अंकुरित चना तथा जौँ को पिँडो दिइन्छ  र त्यसपछि मर्निंग वाक गराइन्छ । त्यसपछि गहुँको चोकर, मकै, सोयाबिन जस्ता खानेकुरा दिइन्छ । दिउसो हरियो घाँस खान दिइन्छ र मालिस गरिन्छ । बेलुकीमा घिउ, सख्खर, हरियो घास, दाना तथा हलेदो मिसाएको दुइ किलो दुध खान दिइन्छ ।

घोडालाई दिनहुँ स्याम्पुले उसको गर्धन लगायतका ठाउँका रौँ नुहाइन्छ । यो घोडालाई फार्म हाउसमा राखिएको छ, ता की यसले अन्य घोडीहरुलाई गर्भिणी गराओस् र प्रजननमा पनि काम आओस् ।

फ्रान्सकी हेरी नामकी महिलाले यो घोडालाई एक वर्षदेखि तालीम दिइरहेकी छिन् । आफुले यस्तो सुन्दर र चम्किलो घोडा दुनियामा कतै नदेखेको हेरी बताउँछिन् ।

यो घोडाले भारतका विभिन्न ठाउँमा भएका घोडा प्रतियोगिताको उपाधि पनि जितिसकेको छ । सायद यो घोडा दुनियामा सबैभन्दा महंगो घोडा हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment