Comments Add Comment

अमेरिका-मेक्सिकोबीच लगाइने पर्खालको खर्च मेक्सिकोले वेहोर्नुपर्छः ट्रम्प

donald trump१६ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले अमेरिका-मेक्सिकोबीच बनाइने पर्खालको सम्पूर्ण खर्च मेक्सिकोले दिनुपर्ने बताएका छन् ।

मेक्सिको भ्रमणबाट फकिएपछि उनले मेक्सिकोका प्रवासी आउने आफ्नो चुनावी अभियानको महत्वपूर्ण मुद्दा भएको बताए ।

मेक्सिकोका भ्रमण रहदाँ ट्रम्पले मेक्सिोकोका जनताको तारिफ गरेका थिए । यसअघि ट्रम्पले चुनाव प्रचारका क्रममा मेक्सिकोबाट अमेरिका आउने व्यक्ति हत्यारा तथा बलात्कारी भएको बताएका थिए ।
ट्रम्पले मेक्सिकोमा रहदा आफूले अमेरिका मेक्सिकोबीच पर्खाल लगाउने विषयमा कुरा नभएको बताए ।

मेक्सिकोका राष्ट्रपति एनरिक पेना नीटत्तले टि्वट गर्दैै भनेका छन्,’मैले स्पष्ट गरेको छु, मेक्सिको पर्खालको खर्च बेहोर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment