Comments Add Comment

एकद्वार प्रणाली लागू गर्न टानको माग

 २० भदौ, काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले निषेधित पर्यटकीय क्षेत्र खुलाउन र पर्यटकीय गतिविधि सम्बन्धी एकद्वार प्रणाली लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

taanटानका अध्यक्ष चन्द्र रिजाल नेतृत्वको टोलीले  पर्यटन मन्त्री जीवनबहादुर शाहीसँग सिंहदरबारमा भेटगरी पर्यटकीय कामलाई सुलभ र प्रभावकारी बनाउन आग्रह गरेको हो ।

पदयात्रामा ‘नो ट्रेकिङ् वीदाउट गाईड, पोर्टर’, इन्सुरेन्सको समस्या, छ हजार ५०० मिटर मुनिका शिखरको व्यवस्थापन आदि मागसहितको पत्र पर्यटन मन्त्रीलाई बुझाइएको अध्यक्ष रिजालले  जानकारी दिए ।

जवाफमा मन्त्री शाहीले व्यवसायीको मागप्रति आफू गम्भीर रहेको र आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा परिवर्तनमूलक काम गरेरै देखाउने अठोट लिएकाले पर्यटनका कामलाई छिटो छरितो बनाएर लैजाने विश्वास दिलाउनुभएको अध्यक्ष रिजालले बताए ।

त्यसैगरी, टानले आन्तरिक पर्यटकहरुले हरियो प्लेटका गाडी चढ्न पाउने व्यवस्था गर्न माग पनि गरेको छ ।

राज्यले नियम कानुन नबनाई आन्तरिक पर्यटकलाई हरियो प्लेटका सवारीसाधनको प्रयोगमा रोक लगाउँदा पर्यटनमा नकारात्मक सन्देश जाने र यसले पर्यटक आवागमनमा असर पर्ने भएकाले मन्त्रालयको ध्यानाकर्षण गराइएको अध्यक्ष रिजालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment