Comments Add Comment

छविको कर्के हेराइमा शिल्पाको मुस्कान

chabi and shilpa (6)
निर्माता छविराज ओझाको ब्यानरमा जुन दिनदेखि नायिका शिल्पा पोख्रेलको प्रवेश भयो, सोही दिनदेखि यी दुइको निकटताको चर्चा भैरहेको छ । ‘लज्जा’ चलचित्रमा शिल्पा पोख्रेलले डेब्यू गरेपछि छविसँग उनको प्रेमका कुरा पनि नआएका होइन । तर, तेश्रो चलचित्र ‘किस्मत २’ सम्म आइपुग्दा छवि र शिल्पाले बिहे गर्न लागेको चर्चा छ ।

के छवि र शिल्पाले बिहे गर्न लागेको कुरा सत्य हो ? छवि र शिल्पासँग गरिएको भिडियो कुराकानी हामी ‘मनोरञ्जन भिडियो समाचार’मा प्रस्तुत गर्नेछौ । तर, शिल्पा र छवि अहिले एक अर्काको केयर गर्ने भैसकेका छन् । शिल्पा र छवि एक अर्कालाई माया पनि गर्छन् ।
chabi and shilpa (1) chabi and shilpa (4)
अनलाइनखबरको क्यामेराका तस्बिर खिच्ने क्रममा छविले शिल्पालाई अंकमाल गरे । तर, शिल्पा सुरुमा लजाइन् र छविलाई अंगालो नमार्न भनिन् । तर, छविको जिद्दीको अगाडि शिल्पाको केही लागेन । छविको कर्के हेराइमा शिल्पा मुस्काइन् र तस्बिरका लागि पोज दिइन् । के तपाई र शिल्पाको कोट म्यारिज भैसकेको हो भन्ने प्रश्नलाई छविले सिधै इन्कार गरे । बरु भने-‘कागजी प्रमाण ल्याउनुहोस्, ठूलो पुरस्कार दिन्छु ।’ chabi and shilpa (5)
तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment