Comments Add Comment

बसन्तपुरमा इन्द्रजात्राको रौनक, हेर्नुस् ९ तस्वीर

३० भदौ, काठमाडौं । जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी इन्द्रजात्रा पर्व मनाइएको छ ।

जीवित देवीका रूपमा रहेकी शाक्य जातकी कुमारी, दुई बालक गणेश र भैरवका रूपमा बेग्लाबेग्लै रथमा बिहीबार दरबार स्क्वायरस्थित तल्लो टोलमा रथ तानिएको छ । भूकम्पका कारणले रथ तान्ने रुटमा राखिएका टेकाहरू अझै भएकोले रथ यसपालि पनि दिउँसै तानिएको छ ।

१.

indra jatra 2073 (9)

भोलि शुक्रबार माथिल्लो टोल र मंगलबार नानिचाःयाः भनी महिलाहरूले रथ तान्ने परम्परा छ । नानिचाःयाः को दिनमा राष्ट्रप्रमुखले कुमारी, गणेश र भैरवबाट टीका, प्रसाद ग्रहण गर्ने चलन छ ।

२.

indra jatra 2073 (3)

भूकम्पले ध्वस्त बनेको जात्रा अवलोकनको क्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विदेशी कूटनीतिक नियोगका अधिकारी बस्ने हनुमान ढोका दरबारस्थित गद्दी बैठक पुनर्निर्माण भइनसकेकाले वसन्तपुर डबलीमा टेन्ट राखेर व्यवस्थापन गरिएको बताइएको छ ।

३.

indra jatra 2073 (6)

जात्रामा दस अवतारको नाच देखाउने दरबार स्क्वयारको त्रैलोक्य मन्दिर पनि पुनर्निर्माण हुन सकेको छैन, त्यसैले मन्दिरमा अस्थायी मञ्च बनाएर नाच प्रदर्शन गरिनेछ ।

४.

indra jatra 2073 (8)

५.

indra jatra 2073 (1)

६.

indra jatra 2073 (7)

७.

indra jatra 2073 (2)

८.

indra jatra 2073 (5)

९.

indra jatra 2073 (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment