Comments Add Comment

सुर्खेतमा बुलबुले ताल …

01_surkhet bulbule tal

सुर्खेतमा बुलबुले ताल,

लाइगो माया लेउ चिनो रुमाल

बन्धकी फिल्मको यो गीतमा भनिएको जस्तो यदि तपाई बुलबुले ताल पुग्नु भयो भने त्यहाँको सुन्दरताबाट मोहित हुनु हुनेछ । झन त्यसमाथि अहिले त कांक्रेविहार मन्दिर बन्दैछ, जसलाई दोस्रो लुम्बीनीका रुपले पनि प्रख्यात छ ।

सुर्खेतको सदरमुकाम विरेन्द्रनगरबाट आधा घण्टाको जीप यात्रापछि पुग्न सकिने स्थल हो काँक्रेविहार । मध्यपश्चिमान्चलको क्षेत्रीय सदरमुकाम सुर्खेतमा अवस्थित काँक्रेविहार दोस्रो लुम्बीनीका रुपले पनि प्रख्यात छ ।

12_Kankre bihar

२०७४ जेठ मसान्तसम्म निर्माण गरिसक्ने लक्ष्यका साथ तीब्र गतिमा काम भइरहेको छ । कला सस्कृंतिमा धनी रहेको सुर्खेतको पैसरी, गर्रा, पञ्चेबाजा तथा खुडाँ नाच सुर्खेत जिल्लाको मात्र होइन, देशकै सांसकतिक पहिचान हुन् । राष्टिय पोशाकमा सजिएर नाच्ने पैसरी नाच झनै उत्कृष्ट मानिन्छ ।

Surkhet (2)

पश्चिम नेपालमा मनाइने पञ्चेबाजा र गर्रा नाच अन्यत्र जिल्लाकोभन्दा फरक छ । विशेष भेषभूषा र तालमा फरक रहेको तर्क राख्छन् स्थानीय समाजसेव भक्तबहादुर आरसी । उनी भन्छन्-‘यहाँको सँस्कृतिलाई जर्गेना गर्नलाई हामी आफैं लागी परेका छौं । युवा पुस्तामा नाचका बारेमा जानकारी दिने मात्रै होइन, उनिहरुलाई बेला-बेलमा प्रशिक्षण समेत दिने गरेका छौं ।’

08_bul bule

सुर्खेतमा पर्यटकीय काँक्रेविहारसहित पश्चिम नेपालमै प्रख्यात देउती बज्यै तथा बुल-बुले ताल पनि छन् । सुर्खेत मध्यपश्चिमको सदरमुकामका साथै प्रवेशद्धारका रुपले पनि परिचित छ । मध्यपश्चिमको सदरमुकाम भएका कारण यहाँ पहाड, हिमाल तथा तराईमा बसोबास गर्नेहरुको बसोबास मात्र नभएर कला र सँस्कृति हेर्न लायक छ ।

07_Deuti Bajai temple

यही कारण पनि सुर्खेत विभिन्न जातजाति र भाषाभाषीको खुला संग्राहलय भएको तर्क राख्छन् मनघरी फाउन्डेशनका सुर्खेतका संयोजक एव लेकाली टुर एण्ड ट्राभल्सका धर्मराज आर्चाय । उनी भन्छन्-‘सुर्खेत मध्यपश्चिमको सदरमुकाम मात्र नभएर धार्मिक तथा ऐतिहासिक रुपले महत्वपूर्ण स्थल हो । तर यसको उचित प्रचार प्रसार हुन नसक्दा जती मनिसहरुको आगमन हुनु पर्ने हो त्यती हुन सकेको छैन । अब स्थानीय र मध्यपश्चिमलाई माया गर्नेहरुले मिलेर केही गरौं भन्ने सोच बनाएका छौं ।’

सुर्खेतदेखि जुम्ला, मुगुसम्म बस यातायात संचालन भएपछि आन्तरिक पर्यटकको संख्या वृद्धि भएको आचार्य बताउँछन्। उनले भने-‘कम्तिमा हप्ताको एकपटक सुर्खेतबाट रारासम्म जीप रिर्जभ गरेर जान थालेका छन् आन्तरिक पर्यटकहरु ।’

10_Ghantaghar 14_Kankre-bihar 16-Kankre bihar Surkhet (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment