Comments Add Comment

दिल्लीबाटै प्रधानमन्त्री प्रचण्डले भने- मोदीसँग दिलबाट कुरा भो, भ्रमण सफल

prachanda-(4)
फाइल फोटो

१ असोज, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमा आफ्नो सरकारले गरेको पहललाई भारतले सहयोग गर्ने दाबी गरेका छन् । साथै उनले आफ्नो भारत सफल भएको बताए ।

नयाँ दिल्लीको सरदार पटेलमार्गस्थित ताज होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भने, संयुक्त वक्तव्यमा यो प्रष्ट रुपमा आएको छ । संविधान कार्यान्वयनमा सरकारले गरेको पहलमा भारतले सहयोग गर्छ । अरु बढी छलफल आवश्यक छैन ।’ साथै उनले शान्ति प्रक्रियामा भारतको सुरुदेखि नै सहयोग रहेको र यो कायमै रहने बताए ।

संविधान स्वागत गर्न भारतले नमानेको हो भन्ने प्रश्नमा उनले संयुक्त बक्तव्यमा सबै प्रष्ट भएको भन्दै अनावश्यक रुपमा ट्वीस्ट गरेर बुझ्न आवश्यक नभएको बचाए ।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन नेपालको आन्तरिम विषय भएको र यो देशभित्र टुंग्याइने बताए । तर, तपाईसँग दुई तिहाइ छैन नि प्रश्नमा उनले दुई तिहाइ पुग्छ, तपाई हेर्दै गर्नुर्होला भनेका छन् ।

भारत भ्रमण सफल

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग खुलेर कुराकानी भएको बताए । उनले भने, मोदी र मेरो बीचमा खुलेर दिलबाट कुरा भएको छ र विश्वासको धेरै राम्रा आधार बनेको छ ।’

आफ्नो भारत भ्रमण सफल भएको भन्दै उनले भने, दुई देशको सम्वधलाई नयाँ धरातलमा उठाउने आधार तयार गरेको छ । म पूर्णं सन्तुष्ट र उत्साहित भएर फर्किँदैछु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment