Comments Add Comment

महाराष्ट्रको सडकमा किन निस्किए लाखौं मराठी ?

Marathi-at-Maharastra

४ असोज, काठमाडौं । पछिल्लो समयमा भारत महाराष्ट्रका साना शहर-इलाका, जिल्ला र मुख्यालयहरुमा लाखौं प्रदर्शनकारी सडकमा निस्किएका छन् । तर, यसमा अरुको त छाडौं, मिडियाको पनि ध्यान पुगेको छैन ।

सोमबार लातुर, अकोला र अन्य थुप्रै जिल्लामा पनि सयौं मानिसले संयमित र अनुशाशित रुपमा प्रदर्शन गरेका छन् ।

रिपोर्टका अनुसार अकोलाम जिल्लामा मात्र प्रदर्शनकारीको तीन किलोमिटर लामो लाइन थियो । र, उनीहरु मध्ये अधिकांश मराठी समुदायको माग छ । यो मार्चको सुरुवात औरंगावादबाट भएको थियो । उस्मानावाद, जलगाउँ हुँदै अन्य थुप्रै ठाउँबाट र्‍याली सुरु भयो । तर, रोचक के छ भने यसको नेतृत्व कसैले पनि गरेका थिएनन् ।

केही महिना पहिले अहमदनगर जिल्लाको कोपडी गाउँमा एक मराठा महिलाको बलात्कारपछि हत्या भएको थियो । घटनामा संलग्न भएको आरोपमा केही दलित युवक पक्राउ परे । केही मानिस भन्छन् कि यही कारण यति ठूलो संख्यामा मानिसहरु सडकमा आए । तर, यो पूर्ण सत्य होइन । प्रदर्शनकारीको पहिलो माग छ कि कोपडीको घटनामा फरार दुई आरोपीलाई छिट्टै पक्राउ गर्नुपर्‍यो र दोषीलाई कारबाही ।

Marathi-at-Maharastra-1

मराठा समुदायले गुजरातमा पटेल र हरियाणामा जाटले जस्तै आरक्षणको माग गरेका छन् । साथै दलित उत्पीडन रोकथाम कानुनमा परिवर्तनको माग पनि उनीहरुले गरेका छन् । यो कानुनको एक धाराका कारण दलित समुदायका मानिसलाई जातिका नाममा गाली वा अपमान गर्दा पक्राउ गरिन्छ र मुद्दा समेत चलाउन सकिनेछ । मराठा समुदायका मानिसहरुको आरोप छ कि यो कानुनको दुरुपयोग भएको छ ।

महाराष्ट्रमा मराठा समुदायको जनसंख्या ३० प्रतिशत रहेको अनुमान छ । अर्थात करिव ४ करोड छन् । र, यसमा ९० देखि ९५ प्रतिशत मानिस किसान र भूमिहीन छन् । सिंचाइ नहुने भूमिमा खेती गर्न बाध्य उनीहरुको जीवन दर्दनाक छ । महाराष्ट्रमा जति किसानले आत्महत्या गरेका छन्, उनीहरुमा ९० प्रतिशत मराठा समुदायकै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment