Comments Add Comment

सशस्त्रले माग्यो प्रहरी निरीक्षक र सहायक निरीक्षक

APF-logo-Final५ असोज, काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकका लागि जागिर खुलेको छ । सशस्त्र प्रहरीले आज एक विज्ञापन प्रकाशित गर्दै ९० प्रहरी अधिकृतका लागि दरखास्त माग गरेको हो ।

सशस्त्रले ५४ जना प्रहरी निरीक्षक र ३६ सहायक प्रहरी निरीक्षकका लागि जागिर खुलाएको हो । सशस्त्र प्रहरी निरीक्षकमा २९ जना खुलातर्फबाट सेवा प्रवेश पाउनेछन् भने महिला ५, आदिबासी जनजाति ८, मधेसी ७, दलित ३, र पिछडिएको क्षेत्रर अमरप्रहरी परिवारबाट १/१ पदमा आरक्षण कोटा छ ।

यस्तै सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि १९ जना खुलातर्फ मागिएको छ भने ३ महिला, ५ आदिबासी जनजाति, ५ मधेसी, २ दलित र १/१ पद पिछडिएको क्षेत्र र अमेर प्रहरी परिवारको लागि कोटा तय भएका छन् ।

प्रहरी निरीक्षकका लागि स्नातक तथा सहायक निरीक्षकका लागिप्रमाणपत्र तह पास गरेको हुनुपर्नेछ ।

विज्ञापन हेर्नुस

vacancy-in-apf

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment