Comments Add Comment

४ केजी घटिन् ऋचा

richa sharma fashion (14)
यतिबेला नेपाली नायिकाहरुमा तौल घटाउने होडवाजी नै चलेको छ । सार्वजनिक कार्यक्रममा पुग्दा मोटी देखिने नायिकाहरुलाई मिडिया र दर्शकले समेत चर्को आलोचना गर्न थालेका छन् । यसैले पनि नायिकाहरु अहिले ज्यान मेन्टेन गर्दा लागिपरेका छन् ।

नायिका ऋचा शर्मा पनि मोटाएपछि उनको चर्को आलोचना भैरहेको थियो । सार्वजनिक कार्यक्रममा ऋचाले लगाएको पहिरन सुहाउन छाडेको थियो । सायद, यही कुराले गर्दा होला नायिकाले शरीर मेन्टेन गर्न थालेकी छिन् । ऋचाका अनुसार उनी ४ केजी घटेकी छिन् । उनी ६२ केजीबाट ५८ केजी भएकी छिन् । richa sharma fashion (2)
richa sharma fashion (6) richa sharma fashion (8)
उनको योजना ५५ केजीसम्म पुग्नेछ । यसो गर्दा दशैमा मासु खाँदा केही मोटाएपनि असर पर्दैन । अनलाइनखबरसँगको कुराकानीमा ऋचासँगै रहेका नायक कर्माले उनको सुन्दरताको प्रशंसा गरे । दुब्लाएपछि ऋचा झनै राम्रो र सेक्सी देखिएको कर्माको भनाई थियो । चलचित्र ‘लुट २’का लागि नायिकाले आफ्नो शरीर मेन्टेन गरेकी हुन् । richa sharma fashion (9) richa sharma fashion (10) richa sharma fashion (13)

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment