Comments Add Comment

हृवाट्सएप नयाँ फिचर के-के आउँदैछ ?

Whats-app

एप्पलको फेसटाइमको सफलता र गुगलको डुओ सार्वजनिक भएपछि हृवाट्सएपले पनि भिडियो कलिङको नयाँ फिचर लञ्च गर्न सक्नेछ । यो फिचरले उसको साथसाथै संसारको सबैभन्दा ठूलो म्यासेजिङ प्लेटफार्ममा केहि फेरबदल ल्याउनेछ ।

इण्डियन एक्प्रेसको रिपोर्ट अुनसार हृवार्टसएप क्यामेराबाट फोटो लिनको लागि फ्ल्यासजस्तो नयाँ फिचर पनि सार्वजनिक हुनसक्छ ।

यो सुविधाले कम प्रकाशका पनि सेल्फी लिन सहज हुनेछ र यसलाई तुरुन्तै सेयर गर्न सकिनेछ । यो फिचर थुप्रै स्मार्टफोनमा पनि छ जसले कम लाइटमा फोनको स्त्रिmनले फ्ल्यासको काम गर्नेछ ।

स्टिल फोटोमा मात्र होइन, भिडियो शुट गर्दा पनि एक पटक स्त्रिmन छोएर भिडियोको साइज ठूलो या सानो गर्न सकिन्छ । स्न्यापच्याटमा मात्र उपलब्ध यो सेवा अव हृवार्टएपमा पनि हुनसक्छ ।

यो बदलाव जब कार्यन्वयनमा आउनेछ, तब तपाईंले तस्वीर लिनुहुन्छ र अन्यलाई पठाउनुहुन्छ, त्यसमध्ये केहि तस्वीर स्केच गर्न पनि सकिन्छ । हृवाट्सएप प्रयोगकर्तालाई फरक-फरक स्टिकर पठाउन पनि संभव हुनेछ ।

हृवाट्सएपको क्यामराबाट लिइएको तस्वीरमा बदलाव गर्न, त्यसमा केही लेख्न वा तस्वीरको साइज मिलाउन पनि नयाँ हृवाट्सएपमा सहज हुनेछ ।

एन्ड्रोइड पुलिसका अनुसार कुनैपनि तस्वीरमा स्टिकर लगाउने काम आजभोलि मानिसहरुले धेरै गरिरहेका छन् । यो सुविधा युवा र प्रौढहरुले पनि त्यत्तिकै मन पराइरहेका छन् । यसका साथै नयाँ फिचरमा ‘अन डु’को पनि बिकल्प हुन्छ ताकि स्टिकर मन परेन भने त्यसको सट्टा अर्को प्रयोग गर्न सकिनेछ ।

एशियाली मुलुकमा इमोजी निक्कै मन पराइएको छ । जसलाई इमोजी मन पर्छ उनको स्त्रिmनमा ठूलो साइजको इमोजी देख्न सकिन्छ ।

हृवाट्सएप संसारको सबैभन्दा ठूलो म्यासेजिङ साइट हो र हरेक दिन १ सय करोडभन्दा बढी मानिस यसको प्रयो गर्छन् । फेसबुकले यसलाई सन् २०१४ मा खरिद गरेको थियो । अब सबै हृवाट्सएप प्रयोगकर्ताको जानकारी फेसबुकबाट दिने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment