Comments Add Comment

बेल्जियममा सोलिडारिटी फेस्टिभल “मानिफेष्टा” सम्पन्न

Presenting_Poster_of_Mt_everest_to_Aleida_Guevara_2बेल्जियम  । समुद्री तट नजिक रहेको ब्रेदेनेमा १७ र १८ सेप्टेम्बरमा डाक्टर फर दि पिपुल्स र सोलिडारिटी साप्ताहिकको आयोजनामा यस वर्षको सोलिडारिटी फेस्टिभल “मानिफेष्टा” भव्यरुपमा सम्पन्न भयो ।

आयोजकले जनाएअनुसार, मेलामा शनिवार १९ हजार भन्दा बढी मानिसहरु सहभागी भए । आइतवार पनि सहभागीहरुको संख्या कमि नभएको आयोजकले जनाएका छन् । उक्त मेलाकी प्रमुख अतिथि विश्व प्रसिद्द क्रान्तिकारी नेता चे ग्वाभाराको छोरी डा अलैदा ग्वाभारा थिइन् ।

विश्वभरबाट विभिन्न सामाजिक र राजनीतिक संघ संस्थाहरुको इन्फो स्टल रहने गरेको उक्त मेलामा लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमले नेपालको पहिचान गराउदै नेपालको पर्यटन प्रवर्धन कार्य गरेको छ ।

मेलामा अभियानले भगवान बुद्धको शान्ति र अहिंसाको सन्देशहरु लेखिएका प्लेकार्डहरु र बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा स्वागत छ भन्ने सन्देश लेखिएका ब्यानरहरुको प्रदर्शन सहित पर्यटन प्रवर्धनका सामाग्रीहरु वितरण गरेको थियो । र बुद्धको पवित्र जन्मस्थल लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसारका साथै नेपालको संस्कृतिक र प्राकृतिक धरोहरहरुको बारेमा बनेका वृत्तचित्रहरुको हरेक दुई घन्टाको फरकमा प्रदर्शन गरेको थियो ।

लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष एवं लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यको निमन्त्रणालाई स्वीकार्दै उक्त कार्यक्रमकि प्रमुख अतिथि डा अलैदा ग्वाभाराले अभियानको इन्फो स्टलको अवलोकन गरेकी थिइन्र ।

सो अवसरमा अध्यक्ष आचार्यले डा ग्वाभारालाई सुन्दर फ्रेममा राखिएको सगरमाथाको पोस्टर उपहारस्वरूप प्रदान गरे । त्यसपछि डा ग्वाभाराले अभियानको तर्फबाट त्यस अवसरमा बिक्रि वितरण गरिएको स्वादिष्ट म:म र समोसाको परिकार समेत ग्रहण गरिन् ।

यसै वर्ष बेल्जियम सरकारबाट (Non-profit organisation) नाफारहित संस्थाको रुपमा आधिकारिक स्वीकृति पाएको लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमले मेलामा पहिलोपटक प्रतिनिधित्व गरेको हो ।

इन्फो स्टल राख्ने प्रयोजनका लागि अभियानले ५६२ युरो ६५ सेन्ट अर्थात् नेपाली रु. ६७ हजार ४४० भाडा आयोजकलाई बुझाएको थियो। नेपालको पर्यटन क्षेत्रको प्रवर्धनको लागि अभियानले यो विशाल मेलालाई एउटा अवसरको रुपमा लिएर केहि सहयोग पुर्याउन सकिन्छ कि भन्ने उद्देश्यले गरेको एउटा सानो प्रयास हो ।

पर्यटन प्रवर्धनका सामाग्रीहरु उपलब्ध गराई दिनु हुन अभियानले २१ जुन २०१६ का दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालिन मंत्री आनन्दप्रसाद पोखरेलज्यू समक्ष आधिकारिक अनुरोध गरेको थियो। त्यसपछि मन्त्रालयको निर्देशनमा नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्धनका सामाग्रीहरु नेपाली दुतावास, बेल्जियममा पठाईदिएको सुचना अभियानका अध्यक्ष दामोदरप्रसाद आचार्यलाई तत्कालिन पर्यटन सचिव प्रेमकुमार राईले फोन संवादका क्रममा दिए ।

नेपाली दुतावास, बेल्जियममा सामाग्रीहरु आईपुगेको जानकारी कार्यवाहक राजदुत घनश्याम भण्डारीले दिए पछि दुतावासमा भएका केहि पहिलेका सामाग्रीहरु र पर्यटन बोर्डले पठाएका सामाग्रीहरु लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष एवं लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यलाई कार्यवाहक राजदुत घनश्याम भण्डारीले हस्तान्तरण गरेका थिए ।

संस्थाको लागि फण्ड रेज गर्ने उदेश्यले इन्फो स्टलमा एकातर्फ समोसा र मम बिक्रि वितरण गरिएको थियो । अभियानले यस कार्यक्रमका लागि संस्थाको सचिव गीर्ट कत्रिस्सेलाई संयोजनको जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment