Comments Add Comment

सिड्नीमा सुरू भयो दशैं कार्यक्रम

sydne partyविशेष पर्व र अवसरहरुमा पानी जहाज भित्र रात्रिभोजको आयोजना गरेर उत्सव मनाउने परम्परा नेपालीहरु बिच सिड्नीमा सामान्य भैसकेको छ ।

यस्तै हिन्दुहरुको महान चाड दशैको अवसर पारेर रियाज इन्टरटेन्टमेन्टले सिड्नीमा दशै क्रुज पार्टी सम्पन्न गरेको छ ।

प्रवासमा चाड पर्वको तिथिमीती भन्दापनि जुराउने मिती अनुसार चल्ने गर्दछ । केहि अघि देखि प्रारम्भ भएको दशै कार्यक्रमहरु एकपछि अर्को सार्वजनिक भैसकेका छन ।

यस पटक भने रियाज इन्टरटेन्टमेन्टले नेपालीहरुको महान चाड दशैको उपलक्ष्यमा भब्य कार्यक्रम सहित जहाजे पार्टी सम्पन्न गरेको छ । एबीसी एजुकेसन एन्ड माइग्रेशनको सहयोगमा सम्पन्न क्रुज पार्टीमा पाँच सय भन्दा बढी नेपालीहरुको सहभािगता रहेको थियो ।

सिड्नीमा आयोजना हुने कार्यक्रमहरुका भिडमा केही पृथक देखिएको दशै क्रुज पार्टी प्रशान्त माहासगारमाथि करिब चार घन्टा चलेको थियो ।

बेलाबिष्टा नामक पानी जहाज भित्र दशैको स्वागत गर्दै नाचगान कार्यक्रम समेत चलेको थियो । कार्यक्रममा स्थानिय कलाकारहरुको समुह रेड स्टुडियो र नेप्सयाजले भिन्न गाना बजाना प्रस्तुत गरेका थिए ।

प्रवासी जिवनमा चाडबाडको महत्व दर्शाउदै एकास्थानमा भेला हुने र मनोरन्जन गर्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको आयोजक शरद पन्डीतले बताए । निकै आकर्षक पानी जाहाजका रुपमा चिनिएको बेलाबिष्टामा भरिएका नेपालीहरुले करिब चार घन्टा नाचगान गरेर बिताएका थिए ।

डिनर सहितको कार्यक्रममा दशैको शुभकामना साटासाट समेत गरिएको थियो । ब्यस्त जिवन र छरिएर रहेका नपालीबिच महान पर्वलाइ संझना गर्ने थलोको रुपमा क्रुज पार्टी आयोजना गरिएको आयोजक रोमीन पीयाले सुनाए ।

पार्टीमा नेपाली समाजका अगुवा तथा बिभिन्न संघ संस्थाका प्रतिनिधीको बाक्लो उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment