Comments Add Comment

नयाँ व्यवस्थासँगै युएईका नेपाली संस्थाहरु संयमित

संयुक्त अरब इमिरेसमा कुनै पनि सामाजिक काम गर्ने समूहले यहाँको सरकारी मान्यताप्राप्त निकाय ‘कम्युनिटी डेभलपमेन्ट अथ्युरिटी’ (सीडीए)मा अनिवार्य अनुमतिपत्र लिनुपर्ने भएपछि यहाँ क्रियाशील नेपाली संस्थाहरु संयमित भएका छन् ।

NRNA-uaeस्थानीय गल्फ न्युजमा समाचार प्रकाशन भएपछि यहाँका केही संस्थाहरुले घोषणा गरेका साँस्कृतिक कार्यक्रम तथा अधिवेशनहरु रद्द गरेका छन् भने सामाजिक संस्था दर्ता प्रक्रियाका लागि संस्थाका पदाधिकारीहरु छलफलमा जुटेका छन् ।

सामाजिक संस्था दर्ता नगरी कुनै पनि कार्यक्रम गर्न कडाइ गरेको समाचार गत १६ सेप्टेम्बरमा सार्वजनिक भएपछि नेपाली समाज युएई र एनआरएन, युएईले फरकफरक विज्ञप्ति निकालेर सम्पूर्ण नेपालीहरु तथा क्रियाशील नेपाली संघसंस्थाहरुलाई संयमित रही आफ्ना गतिविधि गर्न सुझाएका छन् । उनीहरुले यूएईको कानुनी परिधीमा रहन पनि आग्रह गरेका छन् ।

सम्पूर्ण संस्था प्रमुख, पत्रकार, बुद्धिजीवी, ब्यावसायी तथा कलाकारहरुलाई सम्बोधन गरेर एनआरएन युएईका प्रवक्ता बालकृष्ण मरासिनीले जारी गरेको विज्ञप्तिमा युएई सरकारद्वारा संघसंस्था र संस्थाको सामाजिक गतिविधिबारे जारी सूचना र समाचारप्रति एनआरएन युएईको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा यूएई सरकारबाट वितरण गरिने लाइसेन्स बिना कुनै पनि कार्यक्रम गर्न नपाउने भन्ने विषयमा सम्पूर्ण नेपाली समुदाय संयमित रही यूएईको कानुनी परिधीमा रहेर बसिदिन आग्रह गरिएको छ ।

एनआरएन युएईले संस्था दर्ता प्रक्रिया र सम्पूर्ण सामाजिक संघसस्थाहरुसँग कसरी सहकार्य गर्ने विषयमा बैठक बसी आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ । विज्ञप्तिमा आगामी दिनहरुमा कार्यक्रम र सामाजिक गतिविधि गर्दा कानुनको परिधिमा बसेर होसियारीपुर्वक गर्नुहुन अनुरोध गरिएको छ ।

युएईको सबैभन्दा पुरानो संस्था नेपाली समाजका महासचिव मणिप्रसाद भुर्तेलले अर्को एक विज्ञप्ति निकालेर युएई सरकारले संघसंस्था दर्ता गर्नुपर्ने कडाई गरेपछि नेपाली समाज युएई दर्ता प्रक्रियामा रहेको जानकारी दिएका छन् ।

नेपाली समाज, युएईमा रहेका सबै नेपाली संघसंस्थाको छाता संस्थाको रुपमा काम गर्न सक्षम रहको समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले बताएका छन् । उनले नेपाली समाज युएईलाई दर्ता गरी युएईको कानुनको पालना गर्न सबैसँग सहयोगको अपील गरेका छन् ।

कुनै पनि देशका बढीमा पाँच वटा सामाजिक संस्थामात्र युएईमा दर्ता हुन सक्ने प्रावधानले यहाँ क्रियाशील नेपाली संस्थाहरुको चटारो हृवात्तै बढेको छ । एनआरएन, नेपाली समाज, व्यावसायी सालिक सुवेदीको नेतृत्वमा रहेको नेपाली सोसियल क्लब, व्यावसायी तथा सामाजिक अभियन्ता डा. दिनेश आचार्यले परिकल्पना गरेको ‘हामी नेपाली’, नेपाल जनजाति महासंघ जस्ता संस्थाहरु यहाँको सरकारी निकायमा केकसरी दर्ता गर्न सकिन्छ ? भन्ने विषयमा सामूहिक छलफलमा उत्रेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment