Comments Add Comment

जनप्रगतिशील मञ्च जापानको अध्यक्ष लामा

एकता अधिवेशनबाट ५५ सदस्यीय केन्द्रीय समिति निर्वाचित

JanaPragatishilManchJapan1

टोकियो । जापानस्थित प्रवासी नेपालीहरूको संस्था जनप्रगतिशील मञ्च जापानको एकता अधिवेशनले हवलचन्द्र लामाको अध्यक्षतामा ५५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षहरू हिमाल भट्टराई, मोहन पौडेल, रोशन श्रेष्ठ, लोकनाथ अधिकारी र रामु खड्का चयन भएका छन् ।

महासचिव श्यामहरी पाण्डे र उपमहासचिव बाबुराम पौडेल छन् ।

यसैगरी सचिवहरू सरोज धिताल र जनक सुवेदी, कोषाध्यक्षमा श्रवण सत्याल र सहकोषाध्यक्षमा लेखनाथ शर्मा चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा राजकुमार भण्डारी, सम्पूर्ण अधिकारी रामहरि गौतम (आरएच), रामकृष्ण शर्मा, उत्तम श्रेष्ठ, राकेश विमली, गणेश बिक, सन्तोषी अधिकारी, राम खत्री, आधी लामा, अर्जुन अम्गाई र टंक गैरे चयन भएका छन् ।

भुवन हुमागाई, हरि पराजुली, गोविन्द सिंह, महेन्द्र पिसी, राजन पन्त, अस्मिता लामा, ध्रव अधिकारी, अनिल रावल, राजन सुवेदी, पेमा लामा, पदम चापागाई, हिमा ढकाल, सेवक पिसी, सजिता मोक्तान, डेबिड पुन, बेनुका खड्का, सुवास बस्ताकोटी, हिमलाल अधिकारी, विश्व अधिकारी, अर्जुन ढकाल, सरोज सेडाई, भैरब बराम, मुना सुनार, बिष्णु तामाङ, सरिता अधिकारी, नानु देवकेटा र हरि पन्थी पनि सदस्यमा चयन भएका छन् ।

यो अधिवेशनले जापानवासी नेपालीहरूमा नयाँ तरंग र खुसी ल्याएको उपाध्यक्ष लोकनाथ अधिकारीले बताए ।

JanaPragatishilManchJapan

जनप्रगतिशील मञ्च जापान माओवादी केन्द्रको भ्रातृ संस्था हो । कार्यक्रममा माओवादी नेताहरु देव गुरुङ, लिलामणी पोख्रेल, युवराज चौलागाईं लगायत पनि सहभागी थिए ।

जापानमा रहेका समाजसेवी र विशिष्ट व्यक्तित्वहरूले अधिवेशनपछि बनेको नयाँ कार्यसमितिलाई बधाई दिएका थिए । अधिवेशनमा डा. भुपालमान श्रेष्ठ, अरूणकुमार श्रेष्ठ, तिलक मल्ल, नरबहादुर थापा, बेलु थापा, हर्क थापा, रामहरी पुडासैनी, भवानी पन्त, अमृतराज उपाध्याय, कालिका थापा लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment