Comments Add Comment

सबै नेपालीको स्वास्थ्य बिमाः मन्त्री थापा

Gagan-Thapa-chitwan

६ असोज, चितवन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले दुई महिनाभित्रमा स्वास्थ्य बिमासम्बन्धी विधेयक संसदमा पेस गर्ने बताएका छन् ।

भरतपुर अस्पतालको सी ब्लक भवनको शिलान्यास गर्दै मन्त्री थापाले सबै नेपालीले सहज स्वास्थ्य सुविधा पाउन् भन्नका लागि बिमा योजना ल्याउन लागिएको बताए । अति विपन्न जसले बिमा शुल्क तिर्न सक्दैन उनीहरुका लागि राज्यले बिमा शुल्क तिरेर सबै नेपालीलाई बिमामार्फत स्वास्थ्य सेवा दिने तयारीमा सरकार रहेको उनको भनाइ छ ।

देशमा सबैभन्दा बढी भौतिक निर्माणमा अनियमितता हुने गरेको भन्दै उनले त्यहाँ गरिने अनियमितता अपराध हो भने स्वास्थ्य क्षेत्रको अनियमितता पाप भएको भनेका छन् । सरकारले अनियमितता रोक्नका लागि कडाइका साथ काम थालेको भन्दै उने मन्त्रीको कोठाबाट आर्थिक पारदर्शीतालाई सुरुवात गरि बताए ।

स्वास्थ्यमन्त्री थापाले अरुले झैँ आफूले कुनै कर्मचारीलाई निर्देशन नदिने भन्दै मिलेर काम गर्न सबै कर्मचारीमा आग्रह गरे । तपार्ईहरुले मलाई काम दिनुहोस्, म पूरा गर्छु, तपाईले पनि आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्छउनले भने ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment