Comments Add Comment

जेडटिइ ब्लेड एस सिक्सः १६ हजार रूपियाँ भन्दा कम मूल्यको उपयुक्त स्मार्टफोन

zte-s6-2केही महिनाअघि मात्रै नेपाली बजारमा प्रवेश गरेको स्मार्टफोन ब्राण्ड जेडटीइले बिभिन्न श्रेणीका बिश्वस्तरीय स्मार्टफोनहरु सार्वजनिक गरेकेा छ ।

जसमध्ये धेरै उपभोक्ताले रुचाएको मोडल हो- ब्लेड एस सिक्स । मूल्य सस्तै भएपनि यसका विशेषताहरू मनै लोभ्याउने खालका छन्।

तपाइँले दुःख गरी जम्मा गरेको पैसा खर्च गर्नको लागि यो स्मार्टफोन उपयुक्त छ छैन एकैछिन हेरौँ है त ।

स्वरूपः

यस स्मार्टफोनको बनोट आइफोन सिक्ससँग मिल्दोजुल्दो छ। आइफोन सिक्सको स्वरूपबाट प्रभावित भएरै यसको रूपरेखा कोरिएको हो भन्दा फरक पर्देन । तर ज्यादै महँगो आइफोन सिक्स भन्दा यो धेरै अर्थमा भिन्न पनि छ। ब्लेड एस सिक्सको ब्याक अर्थात् पृष्ठभाग प्लाष्टिकले बनेको छ। यसमा धातुको जस्तो लाग्ने लेप लगाइएको छ । यस फोनको तौल १५४ ग्राम छ अनि यो बलियो प्रतीत हुन्छ।

सफ्टवेयरः

यस मोबाइलमा माइफेभर ३.० युजर इन्टरफेस (युआइ)सहितको एण्ड्रोइड ५.०.२ ललिपप अपरेटिङ सिस्टम रहेको छ । के कुरा निश्चित छ भने यो फोनमा भविष्यमा कुनै सुधार गरिनेछैन, यही नै यसको सबैभन्दा ठुलो कमजोरी हो।

युआइ सफा छ अनि सपाट पनि छ, ललिपपको अनुभवलाई यसले जिवन्तता दिन्छ। तर यस्ता किसिमका धेरै चाइनिज फोनहरूमा जस्तै यसमा पनि एप ड्रर छैन। सबै एप स्क्रिनमै राखिएका छन्।

zte

डिस्प्लेः

ब्लेड एस सिक्समा एउटा ५ इन्चको आइपीएस प्यानल सहितको ७२० पी डिस्प्ले जडित छ जसले स्क्रिनलाई चहकिलो पारिदिन्छ, विभिन्न कोणबाट हेर्दा पनि साह्रै सुन्दर देखिन्छ।

रंगहरूको संयोजन पनि जीवन्त छ। डिस्प्लेमा जडित २.५ डी को  कर्भ्ड ग्लासको सहायताले स्क्रिन दायाँबायाँ सार्दा (स्वाइप गर्दा) मोबाइल भन्दा पनि ठुलो पुरस्कार पाएँछु कि जस्तो लाग्छ तपाइँलाई। स्क्रिनले फोनको ६८% भाग ओगटेको छ। एक हातले फोन चलाउँदा तपाइँलाई सन्तुष्टि नै प्राप्त हुनेछ।

zte s6 3

कार्यक्षमताः

फोनमा २ जिबी र्‍याम जडान गरिएको छ, यो छरितो छ, धेरै कार्यहरू सजिलै सम्पन्न गर्न सक्छ, गेम खेल्नको लागि पनि ज्यादै उपयोगी छ। समग्रमा कार्यक्षमताको कसीमा यो स्मार्टफोन पक्कै पनि खरो उत्रिनेछ।

त्यतिमात्र कहाँ हो र? ब्लेड एस सिक्समा छ १६ जिबीसम्मका फायल स्टोर गर्ने क्षमता छ। एउटा माइक्रो एसडी स्लट जडान गरेर तपाइँले यसको क्षमता ३२ जिबीसम्म पुर्‍याउन सक्नुहुन्छ।

क्यामेराः

ब्लेड एस सिक्समा जडित् छ सोनी सेन्सर र एलइडी फ्ल्यास जडित १३ मेगापिक्सेल क्यामरा। यस क्यामेराले दिउँसो खिचेका तस्वीरहरू सफा हुन्छन्, । एकदमै कोलाहलयुक्त वातावरणमा अनि मधुरो प्रकाशमा साह्रै राम्रा तस्वीर आउँदैनन् तर बजारमा भर्खरै प्रवेश गरेको स्मार्टफोनका यी उल्लेख्य कमजोरीहरू होइनन्।

उल्लेख्य विशेषता के भने क्यामेराले एकदमै छिटो तस्वीरहरू खिच्छ अनि क्यामेराको एपले प्रकाशको राम्रो समायोजन गर्न सक्छ एक्सपर्ट मोड मार्फत्। यसको अग्रभागमा वाइड एंगल लेन्स जडित ५ एमपीको सेल्फी स्न्यापर छ। आफ्नो फोटो आफैले लिनका लागि अर्थात् सेल्फीजका लागि सेल्फी अनि ग्रुपीज (सामूहिक तस्वीरहरू) लिनको लागि, सामाजिक संजालमा अपलोड गर्नका लागि यो ज्यादै उपयोगी छ।

zte-blade-s6-photo

कनेक्टिभिटीः

ब्लेड एस सिक्समा दुइवटा सिमकार्ड राख्न सकिन्छ। एउटा स्लटमा फोर जी एलटीइ राख्न सकिन्छ भने अर्कोमा ३ जीको सिम राख्न सकिन्छ। वाइफाइ ८०२.११ एसी, ब्लुटुथ ४.०, जीपीएस र एफएम रेडियो यसका अन्य अवयवहरू हुन्।

ब्याट्रीः

ब्लेड एस सिक्समा एउटा सानो २ हजार ४ सय एमएच ब्याट्री जडान गरिएको छ जसलाई झिक्न र फेरि राख्न मिल्दैन। हामीले परिक्षण गरेको बेला यो ३.५ देखि ४ घण्टासम्म चलेको थियो।

यदि तपाइँ धेरै समय मोबाइल फोनमा बिताउनुहुन्न भने एकपटक ब्याट्री चार्ज गरिसकेपछि पुरै दिनसम्म ब्याट्रीले तपाइँको साथ दिन सक्छ। यदि तपाइँ फोनमा धेरै नै निर्भर हुनुहुन्छ भने तपाइँले आफुसँग चार्जर या पावरब्यांक राख्नुपर्ने हुन्छ। ब्याट्री शुन्यदेखि १०० प्रतिशत चार्ज हुन लगभग दुई घण्टा लाग्छ।

ZTE-Blade-S6-Design

निष्कर्ष

जेडटिइ ब्लेड एस सिक्समा तपाइँले एउटा सस्तो स्मार्टफोनमा खोजेका सबै विशेषताहरू पाउन सक्नुहुन्छ। कतिपय पक्षहरूमा यसले प्रतिस्पर्धीहरूलाई पनि उछिनेको छ । यदि तपाइँले स्मार्टफोन किन्नको लागि करिब १६,००० रूपियाँ छुट्याउनुभएको छ, यदि तपाइँले एकदमै राम्रो डिस्प्ले भएको स्मार्टफोन खोज्नुभएको छ जसले राम्रा तस्वीरहरू खिचोस् भन्ने चाहानुहुन्छ भने आँखा चिम्लेर ब्लेड एस सिक्स किन्दा हुन्छ।

समग्र मूल्याङ्कनः

बनोटः ४/५

डिस्प्लेः ४.५/५

सफ्टवेयर युजर इन्टरफेसः ३.५/५

कार्यक्षमताः ५/५

क्यामेराः ४/५

कनेक्टिभिटीः ५/५

ब्याट्रीः ४/५

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment