Comments Add Comment

मुक्तिनाथ बैंकको शाखा बेनिघाट र धार्केमा पनि

muktinath-dev-bank
७ असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले धादिङको बेनिघाट-८ बेनिघाट बजारमा र नौविसे-१ धार्के बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

शाखाहरुको उद्घाटन बैँकका अध्यक्ष मिनप्रसाद गुरुङले गरे । राष्ट्रिय स्तरको विकास बैंक भइसकेपछि शाखा विस्तारको क्रममा शाखा र सीमित बैंकिङ गरी ५० वटा सेवा प्रदायक कार्यालयहरु सञ्चालनमा छन् ।

लगत्तै बैंकले नवलपरासीको रजहर र भुमही, ओखलढुङ्गाको सिद्घचिरण र रामपुर, मकवानपुरको हेटौंडा, पर्साको वीरगञ्ज, काठमाडौंको कमलादी र कलंकीमा थप शाखा सञ्चालनमा ल्याउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment