Comments Add Comment

टाटा मोटर्सको नयाँ शो-रुम नारायणगढमा

tata-tiago-
७ असोज, काठमाडाैं । टाटा मोटर्सले  नारायणगढमा आकर्षक शोरुम-आरबी मोटर्स्को उद्घाटन गरेको छ । नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकहरुको विशेष सेवाको लागि आकर्षक शोरुम उद्घाटन गरेको हो ।

सिप्रदी ट्रेडिङ्गका सिओओ राजेशप्रसाद गिरी, टाटा मोटर्स्का कन्ट्री म्यानेजर हेमन्त पुरानिकले संयुक्त रुपमा शेरुमको उद्घाटन गरे । नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्स्ले नेपाली बजारमा आफ्नो सेवाविस्तार गरेको छ ।
नेपालमा टाटा प्यासेन्जर भेहिकल अन्तर्गत यो १७ औं आउटलेट हो । अत्याधुनिक डिजाइन सहित डाइनेमिक ड्राइभिङ् सुविधा रहेको सो कार २२.५५ लाख रूपैयाँबाट शुरु हुने नयाँ रिभोटर्न १.२  लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ।
शोरुम उद्घाटनसँगै सिप्रदीले टाटा मोटर्स्को नयाँ ह्याचब्याक टियागो नारायणगढ बजारमा ल्याएको छ । उद्घाटन कार्यक्रममा सिप्रदीका सिओओ गिरीले आफ्ना ग्राहकहरुलाई नयाँ एवं उत्कृष्ट उत्पादन प्रदानगर्ने प्रतिबद्धता पूरा गर्न  सबैले रोजेको र खोजेको नयाँ  टियागोलाई नारायणगढको बजारमा भित्राउन पाएकोमा खुशी व्यक्त गरे ।
सोही अवसरमा टाटा मोटर्स्का कन्ट्री म्यानेजर हेमन्त पुरानिकले ग्राहकहरुलाई स्थानीय स्तरमै विशिष्ट सेवा प्रदान गर्नका निमित्त डिलरसिप नेटवर्क विस्तार गर्ने क्रममा आरबी मोटर्स्लाई टाटा मोटर्स्को डिलरसिप नेटवर्कमा स्वागत गर्न पाएकोमा खुशी लागेको बताए ।
कार्यक्रममा आरबी अटो मोबाइल्सका म्यानेजिङ्ग डाइरेक्टर बिमल पौडेलले सिप्रदी ट्रेडिङ्सँग सहकार्य गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको बताए ।

उनले अब आफ्नो नयाँ शोरुमबाट टाटाका अत्याधुनिक विशेषताहरु सहित सुविधा सम्पन्न जेस्ट, बोल्ट, स्ट्रोम लगायत नयाँ स्पोर्टी ह्याचब्याक टियागो गाडीको पँहुच ग्राहकहरु साम्महुने कुरा समेत व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment