Comments Add Comment

५० करोड याहु प्रयोगकर्ताका डाटा ह्याक

yahooयदि तपाइँको याहु अकाउन्ट छ वा कुनै समयमा याहुका सेवा प्रयोग गर्नुहुन्थ्यो भने तपाइँले तत्कालै आफ्नो पासवर्ड बदलिहाल्नुस् । किनकी ५० करोड याहु प्रयोगकर्ताको संवेदनशील डाटाहरु ह्याक भएको याहुले स्विकार गरेको छ ।

याहुका अनुसार सन् २०१४ मा यति ठूलो संख्यामा याहुका डाटा चोरी भएका हुन् । ह्याक भएका डाटाहरुमा इमेल ठेगाना, टेलिफोन नम्बर, जन्ममिति, पासवर्ड तथा सेक्योरिटी प्रश्न लगायतका रहेका छन् । याहुका अनुसार ह्याकिंगबाट प्रभावित प्रयोगकर्ताहरुलाई पासवर्ड परिवर्तन गर्न वा अन्य आवश्यक कदम उठाउनका लागि सूचित गरिँदैछ ।

जो याहु प्रयोगकर्ताहरुले पछिल्लो एक दुइ वर्षमा आफ्नाे अकाउन्टको पासवर्ड बदलेका छैनन् उनीहरु सबैभन्दा बढि जोखिममा रहेको बताइएको छ । उनीहरुले केवल आफ्नो याहु अकाउन्टको मात्र होइन अन्य अकाउन्टको पासवर्ड पनि बदल्नु आवश्यक छ ।

किनकी प्रयोगकर्ताले आफ्नो याहु अकाउन्टमा प्रयोग गरेकै पासवर्ड आफ्ना अन्य अनलाइन अकाउन्टमा पनि प्रयोग गरेका हुनसक्छन् जुन ह्याकरको हातमा पुगिसकेको छ ।

दुई वर्षअघि चोरी भैसकेका डाटाको सूचना बल्ल दुइवर्षपछि आएर प्रयोगकर्तालाई याहुले दिनु निकै आश्चर्यको कुरा लाग्नसक्छ ।

तर डाटा चोरीको बारेमा गएको अगष्ट १ मा मात्र जानकारी प्राप्त भएको थियो । पिस नामक एक ह्याकरले याहु प्रयोगकर्ताको लगइन तथा पासवर्ड डिटेल्स अनलाइनमा बिक्रि सुरु गरेको थियो । साथै आफुले केही समय अघिदेखिनै यस्तो सूचना बेच्दै आएको समेत ह्याकरले दाबी गरेको थियो । त्यसबेला याहुले ह्याकरको दाबीको बारेमा छानविन भैरहेको जनाएको थियो ।

यसरी गत अगष्ट १ देखि हालसम्म याहु प्रयोगकर्ताका डाटाहरु सार्वजनिक अवस्थामै रहे । याहु खरिद गर्ने तयारी गरिरहेको भर्जन कम्पनीले याहुबाट आफुले २ दिन पहिले नै यसबारेमा सूचना पाएको जनाएको छ । टम्बरलमा प्रकाशित एक पोष्टमा याहुले कुनै राज्य प्रायोजित कर्ताले याहु प्रयोगकर्ताको डाटा चोरी गरेको दाबी गरेको छ ।

गत जून महिनामा दिएको अन्तरवार्तामा पीस नामक ह्याकरले आफु रुसी ह्याकर समूहको एक सदस्य रहेको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment