Comments Add Comment

यी महिलासँग छ १५ करोडको जिब्रो

chocolategirlपत्याउन गाह्रो पर्नसक्छ तर यो सत्य हो । एकजना महिलाका जिब्रो यति मूल्यवान छ की त्यसको मूल्य झण्डै १५ करोड छ ।

थाहै छ की पुरुषको तुलनामा महिलाको जिब्रो शक्तिशाली हुन्छ र खानेकुराको स्वाद लिने मामिलामा उनीहरु अगाडि हुन्छन् । महिलाको जिब्रोमा स्वादकोशिकाहरुको संख्या बढि पाइन्छ ।

सोही कारण यो दुनियामा महिलाहरुको जिब्रो यति महंगोसम्म हुँदो रहेछ । क्याबडरी कम्पनीमा काम गर्ने एक महिलाको जिब्रोको भाउ झण्डै १५ करोड रुपैयाँ छ ।

हाइले कर्टिस नामकी ती महिलाको काम नै चकलेटको स्वाद चाख्नु र चकलेट स्वादिलो रहे नरहेको बताउनु हो ।

यसका लागि उनलाई नियमित रुपमा तलबभत्ताको अतिरिक्त झण्डै १५ करोड रुपैयाँ बराबरको रकममा उनको जिब्रोको बिमा गरिएको छ ।

क्याडबरी कम्पनीले उनको जिब्रोको विमा गराएसँगै उनलाई स्वाद इन्दि्रयहरुमा नोक्सान पुग्ने कुनैपनि चिज नखान समेत सचेत बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment