Comments Add Comment

मुटु दिवसमा साइकल र्‍याली

८ असोज, पोखरा । साइकल चढौँ, स्वस्थ्य बनौँ, वातावरण जोगाऔँ र पर्यटन प्रवद्र्धन गरौँ भन्ने मूल नाराका साथ आज बिहान यहाँ बृहत् साइकल र्‍यालीको आयोजना गरियो ।

Cycle (6)
फाइल फोटो

विश्व मुटु दिवसको अवसरमा साइकल सिटी पोखराको आयोजनामा भएको सो र्‍यालीमा ६०० साइकल यात्रीको सहभागिता रहेको थियो ।

पोखरालाई साइकलमैत्री पर्यटकीय सहर बनाउने उद्देश्यले र्‍यालीको आयोजना गरिएको कार्यक्रम संयोजक नीरज थापाले जानकारी दिए ।

विश्व साइकलयात्री पुष्कर शाह पनि र्‍यालीमा सहभागी भए । त्यस्तै ५५ वर्षदेखि साइकल चढ्दै आएका  ८६ वर्षीय जगतबहादुर रञ्जितलाई कार्यक्रममा सम्मान गरिएको थियो । उनले विसं २०१८ मा किनेको साइकल अहिलेसम्म चढ्दै आएका छन् ।

पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएको र्‍याली हल्लनचोक, सिर्जनाचोक, बगालेटोल, बगर, महेन्द्रपुल, पृथ्वीचोक हुँदै लेखनाथ नगरपालिकाको बेगनासतालस्थित डुङ्गाघाटमा पुगेर सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment