Comments Add Comment

टीकापुर हत्याकाण्डको मुद्दा फिर्ता लिए राज्य असफल हुन्छः बामदेव

'गृहमन्त्री सेना प्रहरीको मनाबेल गिराउने षड्यन्त्रमा लागे'

८ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बामदेव गौतमले कैलालीको टिकापुरमा प्रहरी सुरक्षाकर्मी र नाबालकको हत्या गर्नेहरुको मुद्दा फिर्ता लिइए राज्य असफल बन्ने चेतावनी दिएका छन् ।

Bamdev Gautamसरकारले हत्यामा संलग्नहरुको मुद्दा फिर्ता लिने नाममा दण्डहीनता बढाउने र सुरक्षकर्मीको मनोबल गिराए राज्यलाई ध्वस्त बनाउने प्रयास गरिरहेको आरोप गौतमले लगाएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठक अघि अनलाइनखबरसँग कुरा गर्दै पूर्व गृहमन्त्री समते रहेका गौतमले भने, ‘टिकापुर हत्याकाण्डका अभियुक्तको मुद्दा फिर्ता लिनु भनेको सेना, प्रहरी र शस्त्र प्रहरीको मनोबल गिराउने र कालान्तरमा राज्यलाई ध्वस्त पार्ने नियोजित षड्यन्त्र हो ।’

घटनामा संलग्न नभएका र निर्दोषहरुलाई झुटा मुद्धा लगाइएको भए अदालतले उनीहरुलाई सफाइ दिने गौतमले बताए ।

जघन्य हत्यामा संलग्न अपराधीहरुलाई राजनीतिक मुद्दा बनाएर उन्मुक्ति दिन खोजिएको गौतमको आरोप छ । ‘मधेस आन्दोलनका क्रममा प्रहरीले कतै मानव अधिकार विपरित गरेको छ वा हत्या गरेको छ भने सम्बन्धित व्यक्ति कारवाहीमा पर्छन् तर, निर्दोष बालक र सुरक्षाकर्मीलाई निशस्त्र बनाएर हत्या गर्नेको मुद्दा फिर्ता लिने कुराले राज्य असफल हुन्छ’ गौतमले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment