Comments Add Comment

अध्ययनका लागि अष्ट्रेलिया नै किन ? एडु फेयरले मेटाउँदैछ सबै जिज्ञाशा

austraian edu fair (9)
८  असोज, काठमाडौं । काठमाडौं बालुवाटारका सुजन रेग्मी शनिबार काठमाडौंको होटल अन्नपूर्णमा चलिरहेको अष्ट्रेलियन एडु फेयर शैक्षिक परामर्श लिइरहेको भेटिए । नेपलिज एसोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिपि्रजेन्टेटिभ्स् (नायर) को आयोजनामा आजदेखि ‘अष्ट्रेलियन एडु फेयर’ सुरु भएको हो । प्लस-टु सकेका रेग्मी ब्याचलरका लागि अष्ट्रेलिया जान चाहान्छन् ।

मेलामा एकै ठाउँबाट अष्ट्रेलिया जान आवश्यक योग्यता, त्यसको भिसा प्रोसेसिङ, कोर्ष, अष्ट्रेलियामा करियर अपर्चुनिटी र यसका लागि आफूले गनुपर्ने पूर्व तयारी लगायतका विषयमा थुप्रै कन्सलटेन्सी र युनिभर्सिटीसँग परामर्श लिएको रेग्मी बताए ।

‘परामर्श लिएपछि अष्ट्रेलिया कसरी जाने भन्ने धेरै बुँझे’ उनी भन्छन्-‘ अब सहज रुपमा तयारी थाल्छु । यहाँ आएपछि म अलमलमा परेको विषय क्लीयर भयो ।’

उनले मेलामा धेरै स्टलमा पुग्दा आफ्नो अष्ट्रेलियामा पढ्न जाने योजना सफल गर्ने थुप्रै उपाय जानेको बताए । ‘प्रोसेसिङ मैले सोचेको भन्दा सहज रहेछ । पैसा पनि लाग्दैन रहेछ’ उनले भने-‘कस्तो युनिर्भसिटीमा जाने र आफूलाई कसरी रेडी गर्ने भन्नेबारे म अब कन्फ्युजन छैन ।’

austraian edu fair (16)
भोलि आइतबारसम्म चल्ने मेलामा परामर्श गरेपछि अष्ट्रेलिया विद्यार्थी भिसा नीतिबारेे बाहिर सुनेभन्दा निकै फरक जानकारी पाएको विद्यार्थीहरु बताउँछन् । अष्ट्रेलिया अध्ययन गर्न जानेबारे बुझ्न आएकी कोटेश्वरकी रश्मी महर्जन अष्ट्रेलिया जाने विषयमा आफूमा भएका भ्रमहरु हटेको बताउँछिन् ।

उनी बुबासँगै मेलमा अाएकी हुन् । अब अष्ट्रेलियामा पढ्न जानेबारे भएका भ्रम र बास्तबिकता अाफूले बुझेकाे महर्जनको भनाइ छ ।

austraian edu fair (18)
उनीहरु जस्तै सयौं विद्यार्थी यस्तै विषयमा जानकारी लिन मेलामा पुगेका छन् । मेलामा अष्ट्रेलियामा रहेका शैक्षिक अवसरहरुबारे कन्सल्टेन्सीहरुले विद्यार्थीलाई बुझाइरहेका छन् । शनिबार दिनभर मेलामा भीड लाग्यो । विद्यार्थी र अभिभावकको राम्रो उपस्थितिले मेला आयजक नायर पनि हैसिएको छ ।

मेलाका संयोजक तथा नायरका कोषध्यक्ष विज्ञान श्रेष्ठ मेला विद्यार्थी र अभिभावकलाई सुसूचित गर्ने र अष्ट्रेलियाको शैक्षिक यात्राबारेकाे जानकारी प्रदान गर्ने अभियान भएको बताउँछन् । नायरमा आवद्ध २२ कन्सटेन्सीसहित ५ वटा अष्ट्रेलियन युनिभर्सिटी सहभागी भएकाले मेलाबाट परामर्श लिँदा ठगिने र कुनै गलत जानकारी लिनुपर्ने सम्भावना शुन्य हुने उनले बताए ।

संयोजक श्रेष्ठ
संयोजक श्रेष्ठ

‘अष्ट्रेलिया जाने विद्यार्थीमध्ये झण्डै ७० देखि ८० प्रतिशत यिनै संस्थाले पठाउँछन् । त्यसैले विद्यार्थीलाई अष्ट्रेलिया जानका लागि विश्वसनीय परामर्शका लागि यो भन्दा सहज गन्तब्य अरु हुनै सक्दैन’ संयोजक श्रेष्ठले भने ।

उनले अष्ट्रेलियामा करियर अपर्चुनिटी बढी भएकाले विद्यार्थीको आकर्षण पनि अन्यमा भन्दा त्यता बढी दखिएको बताउँछन् ।

पढाइसकेपछि २ वर्ष आफ्नो दक्षताअनुसार काम गर्न पाइने भएकाले पनि विद्यार्थीका लागि अष्ट्रेलिया उचित गन्तब्य बनेको उनको भनाइ छ । अष्ट्रेलिया जस्तो गन्तब्यबारे बुझाउन मेला फलदायी हुने उनको विश्वाश छ ।

‘मेलामा छिर्दा एउटा विद्यार्थीसँग विदेश पढ्न जानेबारे कुनै जानकारी छैन भनेपनि यहाँबाट निस्किँदा ऊ अष्ट्रेलिया कसरी जान सकिने रहेछ, कस्ता शैक्षिक संस्थाहरु छान्न सकिने रहेछ भन्ने सबै प्रकारमा जानकारी पाएर परिपक्व जस्तै भइसक्छ’ संयोजक श्रेष्ठले भने ।

मेलामा अष्ट्रेलिया अध्ययन सम्बन्धि सम्पूर्ण जानकारी निःशुल्क दिइएको छ । आजबाट सुरु भएको मेलाको उद्घाटन नेपाल अष्ट्रेलिया चेम्बर अफ कमर्शका अध्यक्ष अखिलकुमार चाँपागाईं र एसोसियसन अफ नेपलिज एलोम्नी ग्रुप अष्ट्रेलियाका अध्यक्ष डा. दामोदरप्रसाद पोखरेलले गरेका हुन् ।

austraian edu fair (11)
नेपाली विद्यार्थी जाने मुलुकहरुमध्ये अष्ट्रेलिया उत्कृष्ट गन्तव्यको रुपमा विकास भइरहेको छ । यसैलाई मध्यनजर गर्दै नायरले पहिलो पटक फेयर गरेको हो ।

फेयरको टाइटल स्पोन्सर बि्रटिस काउन्सिल रहेको छ भने मेन स्पोन्सर युनि क्याम्पस हो । यस्तै सह-प्रायोजकको रुपमा डल्फीन एजुकेशन कन्सल्टेन्सी, एजुकेशन फस्र्ट, प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी, ग्लोबल रिच, ल्याण्डमार्क एजुकेशन, मोटिफ, नेपलिज इन्काउन्टर्स, प्याक एसिया छन् ।
austraian edu fair (14)

वान अप इभेन्ट्स एण्ड मिडिया सोलुसनको व्यवस्थापनमा भइरहेको मेलामा नेपाल अष्ट्रेलिया चेम्बर अफ कमर्शले सर्पोट गरेेको छ । मेलामा तीस वटा स्टलहरु छन् भने ति स्टलमा अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीलाई परामर्श दिँदै आएका उत्कृष्ट कन्सल्टेन्सीका साथमा अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरुको समेत सहभागी छन् ।

विशेषगरी अष्ट्रेलियन शिक्षा नीति, भिसा प्रक्रिया, छात्रवृत्ति, विद्यार्थीको स्वास्थ्य बिमा लगायतका विषयमा विद्यार्थीलाई निःशुल्क परामर्श दिइएको नायरका महासचिव उमेश पाण्डेले बताए ।

austraian edu fair (15)
मेलामा सहभागि विद्यार्थीलाई विशेष सेवाको रुपमा ‘फ्री प्रोसेसिङ’ को सेवा प्रदान गरिएको छ । नायर अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई पठाउने मुख्य एजेन्सीहरुको संस्था हो ।

संस्थाले अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कमाउन भन्दा पनि पहिलो गुणस्तरीय शिक्षाका लागि प्रयन्त गर्न प्रोत्साहन गर्ने गरेको मेलाका संयोजक श्रेष्ठ बताउँछन् ।

‘पहिले डिग्री हात पानुपर्छ । त्यसपछि कमाउन समस्या छैन । तर, पहिल्यै पार्ट टाइम कामको धुनमा पढाइ बिगि्रयो भने भविष्य कमजोर हुन्छ’ उनले भने ।

austraian edu fair (17)श्रेष्ठले थपे, ‘त्यसैले सहज र विश्वसनीय रुपमा अष्ट्रेलिया पठाउने र त्यसका लागि त्यहाँका सरकारी अधिकारीसँग समन्वय गर्ने कमा मात्रै नायरले गरिरहेको छैन । हामी नेपाली विद्यार्थीलाई उत्कृष्ट नतिजा ल्याउने गरी पढ्न प्रोत्सहान गरिरहेका छौं । भोलि राम्रो अवसर भए नेपालमै पनि फर्किएर नाम र दाम कमाउन सकिन्छ ।’

austraian edu fair (13)

मेलामा पुगेर भरपुर लाभ उठाउन आयाजक नायरले विद्यार्थी तथा अभिभावकमा अनुरोध गरेको छ । एउटै छानामुनी विश्वसनीय कन्सल्टेन्सीहरुको बीचमा परामर्श लिँदा निर्णयमा पुग्न र आत्मविश्वास बटुल्न पनि सहज हुने देखिएको छ ।

austraian edu fair (10)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment