Comments Add Comment

अवतरणका क्रममा यती एयरलाइन्सको विमान दुर्घटना, सबै यात्रु सकुशल

yeti-airlines

फाइल फोटो

८ असोज, भैरहवा । यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । विमानमा सबै यात्रु सकुशल छन् ।

नाइन एन एआईडी कलसाइन भएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । रन वे छोडेर निक्कै पर पुगेको विमानको नोजमा क्षति पुगेको छ भने चक्का भाच्चिएको छ ।

विमानमा २५ यात्रु र चालक दलका तीन सदस्य थिए । उनीहरु सबै सकुसल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment