Comments Add Comment

प्रचण्ड नेतृत्वको निर्देशक समितिमा ओली नबस्ने, भीम रावल सिफारिस

८ असोज, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणको उपाध्यक्षमा नेकपा एमालेले पार्टी उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावललाई पठाउने भएको छ ।

Prachanda-And-kp-oli

फाइल तस्वीर

प्रधानमन्त्रीको अध्यक्षतामा हुने निर्देशक समितिमा संसदको प्रमुख विपक्षी दलको नेता उपाध्यक्ष हुने व्यवस्था छ । तर, ओली प्रचण्ड नेतृत्वको निर्देशक समितिमा उपाध्यक्ष नबन्ने भएका छन् ।

विपक्षी दलको नेता वा उनले तोकेको उपनेता उपाध्यक्ष हुने प्रावधान रहेकाले ओलीले आफ्नो साटो उपाध्यक्ष रावललाई प्राधिकरणको उपाध्यक्ष बनाइएको जानकारी सरकारलाई पठाएका छन् ।

प्रचण्ड सरकारका कठोर आलोचक रावल पछिल्लो समय एमालेभित्र अध्यक्ष ओलीको बिचारका रक्षकका रुपमा प्रस्तुत भइरहेका छन् । रावल तथ्य र तर्कका आधारमा छलफल गर्न सक्ने नेता भएकाले उनलाई पठाइएको ओली निकट स्रोतले जनाएको छ ।

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आइतबार बस्दैछ । प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक बस्न लागेको यो बैठकले हालसम्म प्राधिकरणको कामको समिक्षा गर्नुको साथै केही महत्वपूर्ण निर्णय गर्ने स्रोतले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरण स्थापनादेखि हालसम्म भएका कामको प्रगति विवरण बैठकलाई सुनाउनेछन् ।

प्राधिकरणका अनुसार ५ लाख ३३ हजार भूकम्प पीडितको लिष्टमध्ये ५ लाखलाई मात्र अनुदान दिन सकिनेछ । बाँकी करिव ३० हजारका हकमा नीतिगत निर्णय गर्नुपर्नेछ । यसबारे पनि निर्देशक समितिलेनै निर्णय गर्नेछ । निर्देशक समितिको बैठकमा भूकम्प पीडितलाई थप १ लाख अनुदान दिनेबारे पनि निर्णय हुनेछ ।

पुनर्निर्माण प्राधिकरणको कामप्रति विश्व वैंक, एसियिाली विकास बैंक लगायतका दाताहरुले पत्र लेखेरै प्रशंसा गरे पनि नयाँ सरकार भने सन्तुष्ट देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment