Comments Add Comment

न्याम्सको नाम फेर्ने सिनेटको प्रस्ताव, मनमोहन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान राखिने

NAMS

८ असोज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेट बैठकले नाम परिर्वतनको प्रस्ताव गरेको छ ।

स्वाथ्स्यमन्त्री गगन थापाको अध्यक्षमा बसेको न्याम्सको सिनेट बैठकले प्रतिष्ठानको नाम परिर्वतन गरेर मनमोहन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान राख्ने प्रस्ताव गरेको छ ।

डा. गोविन्द केसीको आठौं अनसनका क्रममा प्रस्तावित मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक फिर्ता लिई मनमोहन अस्पतालको भौतिक सम्पत्ति न्याम्सले किन्ने र न्याम्सको नाम मनमोहनको नाममा राख्ने सहमति भएको थियो । अहिले डा. केसी आठौं अनसनका क्रममा भएको सहमति कार्यान्वयनको माग गर्दै फेरि अनसन बस्ने तयारीमा छन् ।

सरकारले भने सहमति कार्यान्वयनको प्रक्रियामा रहेको बताएको छ । त्यसक्रममा ०६६ सालदेखि बस्न नसकेको न्याम्सको सिनेट बैठक राखेर नाम परिर्वतनको प्रस्ताव पास भएको छ ।

मुलुककै सबैभन्दा जेठे वीर अस्पताल न्याम्स अन्तरगत नै सञ्चालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment