Comments Add Comment

सँधै खुसी रहने ५ काइदा

happyबदलिँदो समयसँगै मानिस अरुका व्यवहारबाट आजित हुने होइन की आफुलाई पनि समयसँगै बदल्नु पर्दछ । आफ्नो मनलाई शान्त राख्नुपर्छ ।

अरुसँग रिसाउनु वा ठुस्किनुको साटो आफुलाई सकारात्मक कार्यमा व्यस्त राख्नु उत्तम हुन्छ । रचनात्मक कार्यले मनलाई खुसी र सन्तुष्ट पार्दछ । मानिसले आफुलाई खुसी राख्न केही नियम वा व्यवहारको पालना गर्नुपर्दछ । ती मध्ये केही यस्ता छन् ः

१. समयको पावन्दीः यदि तपाइँलाई केही काम गर्न दिइउको छ वा कसैसँग भेट गर्नका लागि कुनै समय निर्धारण गर्नुभएको छ भने यो कुरामा ध्यान दिनुहोस् । समयसीमा भित्र काम गरिभ्याउनु नै समयको व्यवस्थापन हो ।  चाहे तपाइँ कामकाजी हुनुहोस् वा गृहिणी सबैले आफ्नो निर्धारित कामका लागि निश्चित समय छुट्टाउनुहोस् । यदि तपाइँले समय तालिका बनाएर निर्धारित समयमा निर्धारित काम गर्नुभयो भने तपाइँले जिवनमा सफलता तथा खुसी प्राप्त गर्न सक्नुहुन्छ ।

२. आफैलाई उपहार दिनुहोस्ः तपाइाको जिवनशैली चाहे जतिसुकै व्यस्त किन नहोस् केही समय आफ्नो लागि अवश्य निकाल्नुहोस् । यसरी निकालेको समय यस्तो हुनुपर्छ की त्यसमा तपाइँमाथि कुनै दबाब हुनु हुँदैन । त्यस समय तपाइँले आफ्नो रुचीको कुनै काम गर्नुहोस् । मनपर्ने गीत सुन्न सक्नुहुन्छ, किताब पढ्न सक्नुहुन्छ वा सृंगार ।

३. सकारात्मक सोचः भनिन्छ जसले जस्तो सोँच्दछ ऊ उस्तै हुन्छ । त्यसैले आफ्नो मनमा सदैव सकारात्मक सोँचाइ बनाउनुहोस् । नकारात्मक सोँचाइ लिनबाट बँच्नुहोस् । थोरै बिरामी हुँदा समेत मनोबल उच्च पार्नुहोस् र सोँच्नुहोस् की म स्वस्थ छु र सदैव स्वस्थ रहनेछु । तपाइँसँग नभएको चिज सम्झेर वा कल्पना गरेर मन दुखाउनु भन्दा आफुसँग भएको चिजसँग खुसी हुन सिक्नुहोस् ।

४. पौष्टिक आहारः पोषण विशेषज्ञहका अनुसार सरीरलाई फिट राख्नका लागि सन्तुलित आहार हुनु आवश्यक हुन्छ । हरेक दिन बिहान नास्ता गर्नुहोस् । खानामा सागपात, गेडागुडी, सलाद आदि अनिवार्य रुपमा समावेश गर्नुहोस् ।

५. पर्याप्त निद्राः विशेषज्ञहरुका अनुसार रातमा तपाइँ जति गहिरो निद्रा सुत्नुहुन्छ अर्को बिहान उति नै आफुलाई ताजा महसुस गर्नुहुन्छ । त्यसैले रातमा पर्याप्त निद्रा लिनुहोस् । ८ घण्टाको निद्रा वयस्क व्यक्तिलाई आवश्यक हुन्छ । रातमा सुत्ने र बिहान उठ्ने समय अनियमित नबनाउनुहोस् ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment