Comments Add Comment

लेनोभोको ‘वीनान्जा’ अफर, सुजुकीको जिक्सर जित्ने अवसर

lenevo-offer
८  असोज, काठमाडौं । लाइफकम प्रालिले दशैं, तिहार र छठ महोत्सवको अवसर पारेर ‘वीनान्जा’ अफर घोषणा गरेको छ । कम्पनीले आफ्ना उपभोक्ताहरुलाई थप उत्साहित बनाउने उदेश्यले हरेक लेनोभो फोनको खरिदमा उपहारहरुको घोषणा गरेको छ ।

‘वीनान्जा, अब जित छ पक्का’ अफर अन्तर्गत उपभोक्ताले बम्पर पुरस्कारमा सुजुकी जिक्सर बाइक जित्न सक्नेछन भने हरेक साताको लक्की ड्रमार्फत लेनोभो ट्याबलेटहरु तथा नोट बुक जित्ने कम्पनीले जनाएको छ ।

स्योर शट उपहारअन्तर्गत चाँदीको सिक्का, टिसर्ट, ८ जीबीको मेमोरी कार्ड, पावर ब्यांक र ब्लूटूथ हेडसेटलगायतका उपहार स्क्र्रयाच कार्डद्धारा जित्न सक्नेछन् ।

ल्यापटप उत्पादनका लागि विश्वमा ख्याति प्राप्त कम्पनी लेनोभोले स्मार्टफोन, ट्यावलेट र स्मार्ट टिभि लगायतका उच्चस्तरीय प्रविधिक उपकरण उत्पादन गर्दै आएको छ ।

लेनेभोका हरेक मोबाइल फोनको खरिदमा १ वर्षको वारेन्टी तथा ब्याट्रीमा ६ महिनाको वारेन्टी प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment