Comments Add Comment

लिसेस्टरमाथि म्यानचेष्टर युनाइटेडको शानदार जित

Paul-Pogba

८ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले च्याम्पियन लिसेस्टरमाथि शानदार जित हात पारेको छ ।

प्रशिक्षक जोजे माउरिन्होले कप्तान वायन रुनीलाई स्टार्टिङ लाइनअफमा नराखेको खेलमा युनाटेडले लिसेस्टरमाथि ४-१ को जित हात पारेको हो ।

घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा म्यानचेष्टर युनाइटेडले २२ औं मिनेटमा स्माइलिङको गोलबाट अग्रता लिएको थियो । ३७ औं मिनेटमा माटाले गोल गरे भने ४० औं मिनेटमा रासफोर्डले खाता खोले ।

खेलको ४२ औं मिनेटमा पल पोग्बाले गोल गरे । कीर्तिमानी मूल्यमा युभेन्टसबाट म्यानचेष्टर युनाइटेड आएका उनको यो क्लबका लागि पहिलो गोल हो ।

खेलको दोस्रो हाफमा लिसेस्टर खेलमा र्फकने प्रयास गर्‍यो । ५९ औं मिनेटमा ग्रेले गोल गरपेनि त्यो सान्त्वना मात्र बन्यो ।

नियमित कप्तान रुनी भने खेलको ८३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । युनाइटेडले पछिल्लो एक महिनामा पहिलो जित पहिलो हाफमा नै सुनिश्चित गरेको थियो ।

साविकको विजेता लिसेस्टरले भने तेस्रो हार व्यहोरेको छ, जुन उसले गत सिजन भरमा व्यहोरेको हार बराबर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment