Comments Add Comment

एमाले छेउमा बस्ने गरी सरकारमा जाँदैनः ओली

KP Sharma Oli, UML Chairman 1

८ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छेउमा बस्ने गरी सरकारमा नजाने बताएका छन् । साथै उनले एमालेले प्रमुख प्रतिपक्षमै बसेर तीन वटा चुनाव लड्ने सम्भाबना देखिएको बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले अहिलेसम्मको अवस्था हेर्दा प्रतिपक्षमै बसेर चुनाव लड्ने बताए ।

बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीले तीन वटै चुनाव प्रतिपक्षमा बसेर लड्छ कि सरकारमा पनि जान्छ भनेर सोधेका थिए । जवाफ दिने क्रममा ओलीले प्रतिपक्षमै बसेर चुनाव लड्दा ०५१ मा एमाले ठूलो दल भएको स्मरण गरे ।

कांग्रेसले दुई ठूला दल मिलेर सरकार नबनाउने सिद्धान्त नै बनाएको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘एमाले छेउमा बस्ने गरी सरकारमा जाँदैन । नेतृत्व गर्ने गरी वा हैसियतका साथ मात्र सरकार जान्छ ।’

उनले सरकारले संविधान संशोधनबारे कुनै प्रस्ताव नल्याएको भन्दै अनुचित प्रस्ताव कुनै हालतमा स्वीकार नगर्ने बताए ।

एमाले माओवादी गठवन्धन टिकाउन प्रयास गर्नुपथ्र्यो भन्ने नेताहरुको सुझावमा जवाफ दिँदै ओलीले टाउकोमा हानिनैसकेपछि टोउको जोगाउनु पथ्र्यो भनेर के गर्नु भनेका छन् । आफूले प्रचण्डलाई नेतृत्व परिर्वतनको मोडालिटीको प्रस्ताव ल्याउन भन्दा कांग्रेससँग मिलेर सरकार ढाल्न गएको उनले बताए ।

उनले लगातार यो भन्दै आएका छन् । तर, गठवन्धन जोगाउन पर्याप्त प्रयास नभएको भन्दै केन्द्रीय कमिटी बैठकमा आलोचना भएपछि ओलीले ‘मलाई विश्वास नगरेर कसलाई गर्नुहुन्छ’ भन्ने प्रश्न गरेका छन् ।

पाटीृमा गुटबन्दी गर्न नहुने भन्दै उनले गुटबन्दी गर्न हुन्न भन्नेहरुले भेला गरेर केन्द्रीय सदस्यहरुलाई तिखारेर पठाउनु भएन भनेका छन् ।

माधवकुमार नेपाल पक्षले अध्यक्षले गुटवन्दी गरेको र अर्को पक्षलाई न्यायोचित जिम्मेवारी नदिएको आरोप लगाएका थिए । तर, केन्द्रीय कमिटीको बैठक सुरु भएपछि पनि नेपाल पक्षले प्रेसिडेन्टल कलेजमा गुटको भेला गरेको ओली पक्षको आरोप छ ।

बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पास गरेको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment