Comments Add Comment

बैद्य माओवादीले उपत्यका बन्द फिर्ता लियो

८ असोज, काठमाडौं । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले अाज आहृवान गरेको उपत्यका बन्द फिर्ता लिएको छ ।

Mohan Baidhya 1चन्दा लिँदै गर्दा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा गर्न माग गर्दै बैद्य माओवादीले बन्द आहृवान गरेको थियो । तर, शनिबार पक्राउ परेका कार्यकर्ता रिहा भएपछि बैद्य माओवादीले बन्द फिर्ता लिएको छ ।

‘स्वच्छिक आर्थिक सहयोग लिँदा हाम्रा कार्यकर्तालाई पक्राउ गरेको विरोधमा बन्द आहृवान गरिएको थियो । उनीहरु आज छुटे । हामीले बन्द फिर्ता लिएका छौं, प्रवक्ता हरिभक्त कँडेलले अनलाइनखबरसँग भने ।

चन्दा उठाउँदै गर्दा बैद्य माओवादीका केन्द्रीय सदस्य शिवराम यादवसहितका चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment