Comments Add Comment

९३ प्रतिशत नेपाली यार्सागुम्बा चीनमा

९ असोज, काठमाडौं । नेपालमा उत्पादन तथा संकलन हुने हिमाली जडिबुटी यार्सागुम्बाको मुख्य बजार उत्तरी छिमेकी चिन रहेको देखिएको छ ।

yarsagumbaaव्यापार तथा निकासी प्रवर्द्वन केन्द्रका अनुसार मुलुकबाट हुने कुल निकासीमध्ये ९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा जाने गरेको छ ।

गत आर्थिक वर्षमा औपचारिक माध्यमबाट ६३ करोड ९७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा चीन र हङकङमा निकासी भएको अाजको कारोबार दैनिकमा समाचार छ ।

केन्द्रका अनुसार गत आर्थिक वर्षमा ६८ करोड लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।
चीनमा ६८ प्रतिशत अर्थात ४५ करोड ७९ लाख र हंकङमा २६ प्रतिशत को यार्चागुमबा निर्यात हुने गरेको छ ।

केन्द्रका प्रवत्ता सुवश खानलले यार्चागुम्बाबाट विभिन्न औषधिजन्य वस्तु उत्पादन हुने भएकाले विदेश बढी निर्यात हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment