Comments Add Comment

मन्दिर जीर्णोद्धार गर्दा भेटियो असर्फी र चाँदीका सिक्का

bungmati temple 1
फाइल फोटो

९ असोज, काठमाडौं । बुङमतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिर जीर्णेद्धारका क्रममा मन्दिर मुनि नवरत्न, असर्फी र चाँदीका सिक्का पाइएको छ ।

सुनको पद्यमाणि लोकेश्वरकोे मूर्ती पनि सोही स्थानमा पाइएको छ । मन्दिरका चार कुनामा सुनका पाता भेटिएको छ । माटोको घैंँटोमा तामाका टुक्रा छन् ।

पुरातत्व विभागले यसको लगत लिएको छ । मन्दिर जिर्णोद्धारका क्रममा सबै देवस्थलमा यस प्रकारका नवरत्न भेटिने सम्भावना त्यतिकै छ, भने जीर्णोद्धारमा यस्ता सामाग्रही हराउन र मासिन नपाउन भनि त्यतिकै सजगता अपनाउनुपर्ने देखिएको स्थानीयको भनाइ रहेको अाजको गोरखापत्रमा समाचार छ ।

श्री ३ जंग संस्थानका अध्यक्ष ७८ वर्षीय यमजीप्रताप जंगबहादुर राणा भन्दछन्’ देवस्थल स्थापना गर्दा जगमा नवरत्न, असर्फी, सिक्का राखेरै गरिने प्रचलन गरेकाले दवस्थलको जीर्णोद्धार गर्दा अमूल्य रत्न फेला पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment