Comments Add Comment

राराको सुन्दरता बचाइ राख्न सफाइ अभियान

rara safai९ असोज, मुगु । मुगु जिल्लास्थित नेपालकै ठूलो र सुन्दर ताल रारालाई सधै स्वच्छ र सफा राख्नका लागि हरेक महिनाको  दोश्रो शनिवार संरक्षण र सरसफाई अभियान सुरु गरिएको छ ।

सुन्दर राराको पहिचान बचाइ राख्न रारा पर्यटन विकास समिति, रारा मुगुको पहलमा सफाई अभियान सुरु गरिएको छ । अभियानमा मुगु जिल्लास्थित विभिन्न संघ संस्था एवं सरोकारवालाहरुको सक्रियतामा कार्यक्रमको सुरुवात भएको छ ।

रारा हेर्ने मानिसहरुको हरेक दिन आवत जावत र बसाई बढन थालेपछि ताल प्रदुशित हुन सक्ने भन्दै रारालाई सफा राख्न सफाइ अभियान सुरु गरिएका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले बताए ।

ताल सफाइमा स्थानीय साथै नेपाली सेना र रारा विद्यालयका विद्यार्थीहरुको पनि सक्रिय सहभागिता रहेको थियो ।

मोटर बाटो र हवाई सेवा सहज हुन थालेपछि रारा तालको भ्रमणमा पर्यटकको संख्या वृद्धि हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment