Comments Add Comment

जिमखाना धाउनुहुन्छ ? त्यसोभए हेर्नुस् यो साँढेलाई

bodybuilderbullसिक्स प्याकवाला गठिलो जिउ कसलाई पो मन पर्दैन र ? आफ्नो लुरे र फितलो जिउको तुलनामा बडी बिल्डर्सहरुका मसल्स देख्दा हैरान भइन्छ कहिलेकाहीँ ।

पत्यार नै लाग्दैन, के जिउलाई यस्तो पनि बनाउन सकिन्छ र ? तर यो दुनियामा बडी बिल्डिंग गर्ने जन्तु केवल मानिस मात्र होइन साँढे पनि हुँदोरहेछ । हामी यस्तो बडी बिल्डर साँढेको बारेमा बताउँदैछौँ जसलाई देख्दा मै हुँ भन्ने बडी बिल्डर्सपनि पानीपानी हुनेछन् ।

यो बडी बिल्डर साँढेलाई बेल्जियन ब्लूको नामले पनि चिनिन्छ । बेल्जियमका वैज्ञानिकहरुले कैयन् वर्षसम्म चलेको अनुसन्धान तथा कैयन् क्रस प्रजनन प्रक्रियाबाट यो साँढेको जात तयार गरिएको हो । यो जातको साँढेको रंग यसको प्रजनन प्रक्रियामा निर्भर गर्दछ । यो विशेषतः सेतो, निलोकालो तथा रातो रंगमा पनि पाइएको छ ।

वैज्ञानिकहरुले सन् १९९७ मा पहिलोपटक यो बडी बिल्डर साँढे कृत्रिम प्रजनन प्रक्रियाबाट तयार पारेका थिए । यो साँढेका जिउका मांशपेशीहरु ऋरु साधारण साँढेको माशंपेशीका तुलनामा कैयन् गुणा छिटो वृद्धि हुन्छन् । यो साँढेको उचाई डेढ मिटर सम्म हुन्छ भने वजन १३ सय किलोसम्म ।

यो जातको बाच्छो जन्मिँदा आम बाच्छा जस्तै देखिन्छ  तर ४ देखि ६ हप्ताबाट यसको सरीरमा मांशपेशीको तिव्र वृद्धि हुन थाल्दछ । यो साँढे निकै शान्त स्वभावको हुन्छ । खासगरी मासुका लागि यो जातको साँढेको उत्पादन गर्ने गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment