Comments Add Comment

सिम्रन भइन् मिस टिन नेसनल

Misss

काठमाडौं । ‘मिस टिन नेसनल-२०१६’को उपाधि सिम्रन पाठकले जितेकी छिन् । १३ देखि १९ वर्षका प्रतियोगीहरु बीच भएको सो प्रतियोगितामा उनले आफ्न १४ प्रतिस्पर्धीलाई पछि पार्दै ‘बेस्ट वाक’ सहित मिस टिन नेसनलको उपाधि जितेकी हुन् ।

र्‍याम्प जोनको प्रस्तुति रहेको सो प्रतियोगितामा मिनी तामाङ ‘फेशन आइकन’ सहित ‘फस्ट रनर अप’, ज्योती थापा ‘मिस ब्युटिफुल’ सहित ‘सेकेन्ड रनर अप’ र सृजना पाण्डे ‘मोस्ट फ्रेन्डली’ सहित थर्ड रनर अप भए ।

इनु थापामगरले ‘भिवर्स च्वाईस’का साथै ‘कन्जियालिटी’, स्वेता बरमुले ‘बेस्ट स्माईल’, अस्मिता डँगोलले ‘बेस्ट स्किन’, इसानी कार्कीले ‘डिसिप्लेन’, शर्मिला खडकाले ‘बेस्ट फिटनेश’को उपाधि पाए ।

यस्तै मिना शाहले ‘मिस इन्टेलिजेन्ट’, इलिजा श्रेष्ठले ‘मिस चार्मिङ’ एवं ‘भिवर्स च्वाईस’, लाक्पा शेर्पाले ‘मिस पंचुअल’, सिन्थिया श्रेष्ठले ‘मिस पुपलर’सँगै ‘मिस फोटोजेनिक’ र मञ्जु गुरुङले ‘मिस पर्सनालिटी’को उपाधि प्राप्त गरे ।

यल इभेन्टस प्रालिको प्रस्तुतमा सम्पन्न प्रतियोगिता किशोरीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि आयोजना गरिएको आयोजक सँस्थाकी अध्यक्ष रमी श्रेष्ठले बताइन् । प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment