Comments Add Comment

कस्तो देखियो ‘राधे’मा प्रियंका र निखिलको जोडी ?

nikhil and priyankaअधिकांश नयाँ नायिकासँग पर्दा शेयर गरिरहेका नायक निखिल उप्रेतीले अहिलेकी चर्चित नायिका प्रियंका कार्कीसँग पनि पहिलो पटक काम गर्दैछन् । नायक उप्रेती र नायिका कार्कीको जोडी पर्दामा पहिलो पटक चलचित्र ‘राधे’ मार्फत देखिदैछ ।

यो चलचित्रको छायांकन अहिले काठमाण्डौ बाहिर भैरहेको छ । सफल तथा पुराना निर्माता सुशिल पोख्रेलको निर्माणमा बनिरहेको यो चलचित्रलाई जगदिश्वर थापाले निर्देशन गरिरहेका छन् ।

निखिलसँग पहिलो पटक पर्दा शेयर गर्न पाउँदा नायिका कार्की खुबै खुशी देखिएकी छिन् । उनले फेसबुकमा शेयर गरेको निखिल र उनको तस्बिरले पनि यो कुराको पुष्टी गर्छ ।

स्टार कलाकार र सफल ब्यानरका चलचित्रमा काम गरेरै चर्चामा रहेकी प्रियंकाका लागि निखिलसँगको पर्दा शेयरिङ सुखद हुनसक्छ । कारण, निखिलका चलचित्रले सिंगल स्त्रिmनमा राम्रै व्यापार गरिरहेका छन् ।

चलचित्रमा अशिष्मा नकर्मी पनि मुख्य भूमिकामा छिन् । तर, निखिल र प्रियंकाको स्टारडमको अगाडि अशिष्मा फिक्का हुन सक्छिन् । लभस्टोरी, एक्सन र पारिवारिक कथामा बनिरहेको यो चलचित्रले के निखिल र प्रियंकाको जोडीलाई सफल बनाउला ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment