Comments Add Comment

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको कार्यसमिति बिस्तार

janasamparka-samiti-austral

सिड्नी । नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसीसीए) ले आफ्नो भावी कार्यक्रमहरु सार्वजानिक गरेको छ ।

नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा शुभकामना आदनप्रदान गर्नका लागि ८ अक्टोवर २०१६ शनिबार, फूलपातिका दिन सिड्नीमा दुई संस्था नेपाली जनसम्पर्क समिति (एनपिसीसीए) र एनएडिएफ बिच मैत्रिपूर्ण फुटवल आयोजना गरिने समितिका अध्यक्ष कृष्ण गिरीले जानकारी दिए ।

साथै समितिले आगामी २७ नोभेम्बरमा सिड्नीमा नेपाल र अष्ट्रेलियाका नेताहरुबीच बृहत अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । ‘संस्थालाई निरन्तर प्रक्रियामा अघि बढाउँदै सबैलाई समेटेर संस्थाको हितमा कार्य गर्न हामीहरु अग्रसर भएका छौं,’ अध्यक्ष गिरीले भने ।

सिड्नीमा बसेको केन्ऽिय समितिको बैठकले कार्यसमिति बिस्तार गरेको छ । संगठनलाई लामो समयदेखि सहयोग गर्दै आएकाहरुलाई आधार बनाइ समितिले पुरुषोत्तम मिश्र, कुमार गिरी, भीम खरेल, रोहित खड्का, हिरा कंडेल र शिलु लिम्बू लाई सदस्यमा मनोनित गरेको हो ।

त्यसैगरी संस्थाको बलियो संरचना तयार पार्न ११ वटा बिभागको समेत संरचना तयार पारेको छ । साधारण सदस्यता बितरण समितिको केन्ऽिय संयोजकमा संरक्षक प्रेम सापकोटा रहने गरी प्रत्येक स्टेटबाट एक एक संयोजक छान्ने निर्णय भएको छ । त्यसैगरी आइटीमा सुदीप कार्की संयोजक र तीर्थ तिमिल्सिना उपसंयोजक चयन गरीएको छ भने अन्य बिभागहरु गठन प्रक्रियामा गएको बरिष्ठ उपाध्यक्ष सुरेश गुरुङले बताएका छन् ।

जनसम्पर्क समितिको त्यही बैठकले सल्लाहकार समिती पनि गठन गरेको छ । मनोनित सल्लाहकारहरुमा गणेश केसी, डिल्ली ढकाल, बालचन्ऽ भट्टराई, नारायण काˆले, विवेक थापा, निरज श्रेष्ठ, अभिमन्यू केसी लगायत छन् ।

बैठकमा हालसम्म भएको आर्थिक गतिबिधि सार्वजनिक गर्नुका साथै अन्य गतिबिधिमा छलफल भएको कोषाध्यक्ष रामजी बस्नेतले बताएका छन् । बैठकमा उपाध्यक्ष मधुकर गुरुङ, महामन्त्री किरण बराल, सहमहामन्त्री सुदीप मुडवारी लगायत सदस्यहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment