Comments Add Comment

रितेश र रुविना उत्कृष्ट मोडल(फोटो फिचरसहित)

hot model in aannpurna
रितेशराज गुरुङ र रुविना थापाले काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना भएको ‘इन भोग मोडलिङ प्रतियोगीता’को उपाधी जितेका छन् । हाउस अफ फ्याशनले आयोजना गरेको मोडलिङ प्रतिस्पर्धामा ६४ जना मोडलहरु र्‍याम्पमा उत्रिएका थिए ।

जसमध्ये पुरुषतर्फ रितेश र महिलातर्फ रुविनाले उपाधी जितेका हुन् । लोमाश धमला फस्टरनरअप भएको प्रतिस्पर्धामा सुशान्त नेपाल सेकेन्ड रनरअप बन्न सफल भए । यस्तै, महिलातर्फ प्रियंका रानी जोशी फस्ट रनरअप र दीपिका केसी सेकेन्ड रनरअप बन्न सफल भएका थिए । fashion show (4) fashion show (7) fashion show (8)

प्रतिस्पर्धामा प्रतियोगीहरुले विभिन्न चर्चित फेशन डिजाइनरहरुको डिजाइनमा तयार भएका ७ सिक्वेन्समा मोडलिङ गरेका थिए । हाउस अफ फेशनले करिब १ महिना अगाडिदेखि मोडलहरुलाई तालिम पनि दिएको थियो ।

फेशनकी सीइओ ओसिमा बनु अहिले नेपालमा मोडलिङ पेशा व्यवसायिक बन्न थालेको बताउँछिन् । सन् २०१२ देखि यो प्रतिस्पर्धा आयोजना गर्न सुरु गरिएको थियो । यो प्रतियोगीताको चौथो श्रृङ्खला हो । fashion show (10) fashion show (12) fashion show (14)

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment