Comments Add Comment

माल्भिकाको मेन्टेन, ६ महिनामा २२ केजी घटिन्

malvika subba
सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, पूर्व मिस नेपाल माल्भिका सुब्बा सन्तानलाई जन्म दिएपछि अहिले पुरानै फिगरमा आइसकेकी छिन् । माल्भिका करिब ६ महिनापछि सार्वजनिक कार्यक्रममा हिड्न थालेकी हुन् ।

माल्भिकाका अनुसार उनी गर्भवती हुँदा उनको तौल ८८ केजीसम्म पुगेको थियो । तर, शनिबार आयोजित एक कार्यक्रममा कार्यक्रम संचालिकाको रुपमा पुगेकी माल्भिकाको फिगर देखेर धेरैलाई उनी भर्खरै मात्र आमा बनेकी हुन् भनेर पत्याउन गाह्रो पथ्र्यो ।

माल्भिकाका अनुसार मेन्टेन गर्‍यो भने घट्न गाह्रो छैन । उनले आफू अहिले ६६ केजी रहेको बताइन् । यसको अर्थ, करिब ६ महिनामा माल्भिकाले २२ केजी तौल घटाएकी छिन् ।

हुनत, सार्वजनिक कार्यक्रममा पुग्ने भएकाले पनि होला, सेलिब्रेटीहरुलाई मेन्टेन नगरी सुखै छैन । माल्भिका पहिले देखि नै फिगर मेन्टेनमा सजग थिइन् ।

तस्बिर सौजन्यः उत्सव रसाइली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment