Comments Add Comment

प्रचण्ड र लोकमानबीच ‘कुरा मिलेको’बारे संसदमा प्रश्न

कांग्रेस एमालेका सांसदको प्रश्न-कुरा कसरी मिलेको हो ?

Prachanda and lokman
९ असोज,काठमाडौं । कांग्रेस र एमालेका सांसदले अख्तियार प्रमुख लोकमान सिंह कार्कीसँग कुरा मिलिसक्यो भनेर प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार आरोपबाट उन्मुक्त हुन खोजेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले उक्त अभिव्यक्तिबारे सरकारले स्पष्ट पार्नुपर्ने पनि बताए ।

व्यवस्थापिका संसदमा बोल्ने क्रममा कांग्रेस सांसद रामहरी खतिवडा र एमाले सांसद पशुपति चौलागाई र रेवतीरमण भण्डारीले अख्तियार प्रकरणबारे सरकारले वास्तविकता जानकारी गराउनुपर्ने बताए ।

विशेष समयमा बोल्दै एमाले सांसद चौलागाईले लोकमानसिंह कार्कीसँग कुरा मिलिसक्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले बिधी र पारदर्शीताको पद्धतिलाई चुनौति दिएको बताए । उनले भने, ‘सर्बोच्च अदालतले अख्तियार प्रमुखको नियुक्तिको फाइल माग्नासाथ प्रधानमन्त्री र उहाँ निकटका जिम्मेवार मन्त्री र नेताहरुको भ्रष्टाचारको फाइल खुल्नु र तत्कालै प्रधानमन्त्रीले कुरा मिलिसक्यो भन्नुले गम्भिर आशंका खडा गरेको छ ।’

चौलागाईले अख्तियारको फाइल अदालतले माग्दा हरायो भन्नु र अहिले फेरि भेटियो भनेर पठाउनुले धेरै शंका जन्माएकाले सरकारले यथार्थ जानकारी दिनुपर्ने बताए ।

कांग्रेस सांसद खतिवडाले शून्य समयमा बोल्दै प्रधानमन्त्रीले अख्तियार प्रमुखसँग सबै कुरा मिलिसक्यो भन्नुले प्रश्न उठाएको भन्दै सदनलाई जानकारी गराउनुपर्ने बताए । उनले भने, ‘ठूलालाई चैन र सानालाई ऐन हुनु हुदैन । अख्तियारले एन्फाको करोडौं भ्रष्टाचारको फाइल लुकाएको छ । प्रधानमन्त्रीले कुरा मिल्यो भन्नुभएको छ । यो के हो प्रष्ट होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment