Comments Add Comment

अमेरिकामा पूर्वराष्ट्रपति यादवको शल्यक्रिया सफल

९ असोज, काठमडौ । प्रोस्टेट क्यान्सरको उपचारका लागि अमेरिका पुगेका पूर्वराष्ट्रपति रामवरण यादवको सफल शल्यक्रिया भएको छ । उनको अमेरिका, मिचिगन शहरमा अवस्थित हेनरी फोर्ड अस्पतालमा शल्यक्रिया भएको हो ।

डा. मणिमेनन् समुहका चिकित्सकलेे गत बिहीवार उनको शल्यक्रिया गरेको थियो । उनलाई २४ घण्टा पोस्ट-अपमा राखिएपछि हाल पाहुनाघरमा सारिएको छ ।

Ram-baran-yadav-455उपचारमा संलग्न चिकित्सक तथा नर्सले पूर्वराष्ट्रिपति यादवलाई कडा निगरानीमा राखेर उपचार गरिरहेको उनका छोरा चन्द्रशेखर यादवले बताए । उनलाई केही हप्ता डा.मेननले जाँच गर्ने तालिका छ । उपचार पश्चात्त उनी नेपाल फर्कने छन् ।

प्रोस्टेट क्यान्सरको उपचारका लागि यादवलाई नेपाल सरकारले हालै ६० लाख रुपैयाँ उपलब्ध गराएको थियो । साउन दोश्रो साता उनको पिसाबमा समस्या देखिएपछि उनले त्रिवि शिक्षण अस्पतालमा परीक्षण गराएका थिए ।

परिक्षणका क्रममा अस्पतालले उनलाई क्यान्सर लागेको शंका गरेको थियो । त्यसपछि थप उपचारका लागि उनी भारत गएका थिए ।

उनले भारतको चण्डिगढस्थित नेहरु चिकित्सालय (पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च सेन्टरमा) उपचार गराएका थिए । उपचारका क्रममा उनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो ।

उनलाई अस्पतालले नै उच्च चिकित्सा प्रविधि प्रयोग गरी शल्यक्रिया गर्न सुझाव दिएको थियो । सोही सुझावअनुसार उनी थप उपचारका लागि अमेरिका जाने निर्णयमा पुगेका थिए ।

नेपालमा यस सम्बन्धि उपचारका लागि उच्च प्रविधि नभएपछि नै मेडिकल बोर्डले गत भदौ ५ गते पूर्व राष्ट्रपति यादवलाई अमेरिका जान सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment