Comments Add Comment

बक्राहा खोला बस्तीमा पस्दा तीस घर विस्थापित

Bakraha-Khola
बक्राहा खोला । फाइल तस्वीर

९ असोज, मोरङ । मोरङको इटहरा–३ स्थित धरमभकारी भन्ने ठाउँबाट आइतबार बिहान फेरि बक्राहा खोला गाउँमा पस्दा सो क्षेत्रका ३० घरपरिवार विस्थापित भएका छन् ।

हिजो साँझदेखि नै परिरहेको वर्षाले आइतबार दिउँसो खोलामा पानी बढेर इटहरा– ३ जयनगर बस्तीका ३० घरपरिवार विस्थापित भएका हुन् । अहिले उनीहरु खोलाको बाँध र आफन्तको शरणमा बसिरहेका छन् ।

गत असोज ५ गते बुधबार नै सो ठाउँमा खोलाले बाँध फुटाएको थियो । खोलाले फुटाएको बाँधको तटबन्धन हुन नसक्दा आइतबार फेरि खोला गाउँमा पसेको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले जानकारी दिए।

बक्राहा खोला गाउँमा पस्दा इटहराको वडा नम्बर ३, ४ र ५ डुबानमा पर्ने गरेको छ । गत बुधबार खोला गाउँमा पस्दा ती वडाका तीन सय भन्दा बढी घर डुबानमा परेका थिए भने सयौँ बिगाहा धानबाली नष्ट भएको थियो ।

पूर्वी पहाडी जिल्लामा अविरल वर्षा भइरहेका कारण पनि स्थानीयवासी बाढीको त्रासमा रहेका छन् । ‘अझै पनि वर्षा भइरहेका कारण ढुक्क भएर बस्नसक्ने अवस्था छैन,’ इटहरा– ३ की चन्द्रकला रिजालले भने, ‘खोलाको बाँधमा बस्नुपर्ने अवस्था छ हालसम्म कसैले पनि राहत र उद्धार गर्न सकेको छैन ।’

बाढीपीडितले स्थानीय प्रशासनले राहत दिन नसकेको भन्दै गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment