Comments Add Comment

सुशील प्याकुरेल र कनक दीक्षितमाथि अख्तियारको प्रहार

बाहा नामक गैरसरकारी संस्थामा भ्रष्टाचार भएको भन्दै छानविन सुरु

Kanakmani Dixit and Sushil Pyakurel

९ असोज, काठमाडौं । एलाइन्स फर सोसल डाइलग र सोसल साइन्स बाहा नामक संस्थाले विदेशी दाताहरुबाट नेपाली जनताको नाम भजाएर करोडौं रुपैयाँ अपचलन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही प्रक्रिया अघि बढाएको छ ।

विगत पाँच वर्षको अवधिमा एलाइन्स फर सोसल डाइलग र सोसल साइन्स बाहाले २९ करोड २० लाख रुपैयाँ खर्च गरेको र सो मध्ये एलाइन्स फर सोसल डाइलगले मात्र १३ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अन्य वर्षहरुमा पनि ति गैरसरकारी संस्थाहरुले खर्च गरेको रकमको विषयमा समेत छानविन गर्नुपर्ने देखिएको अख्तियारको ठहर छ ।

एलायन्स फर सोसल डाइलग भन्ने संस्था सोसल साइन्स बाहासँग आवद्ध छ । तर, सोसल डाइलग भन्ने संस्था दर्ता नै नभएको पाइएको छ । सोसल साइन्स बाहामा निर्मलमान तुलाधर अध्यक्ष, बसन्त थापा उपाध्यक्ष, डा. सुधिन्द्र शर्मा महासचिव, मोहन मैनाली कोषाध्यक्ष तथा निर्मल ज्ञवाली र कनक दीक्षित सदस्य छन् ।

यसैगरी ‘एलाइन्स फर सोसल डाइलग’ नामको संस्थाको कार्यकारी समितिको अध्यक्षमा सुशीलराज प्याकुरेल अध्यक्ष र हरि शर्मा निर्देशक छन् । यसको सदस्यहरुमा अमुदा श्रेष्ठ, बिमला राई पौडेल, हिरालाल बिश्वकर्मा, मुक्ता सिंह लामा, शशि अधिकारी, सुरेन्द्र लाभ कर्ण छन् ।

‘समाज कल्याण परिषदबाट प्राप्त प्रतिवेदन र सन् २०१२ देखि २०१६ सम्मको उक्त दुबै संस्थासँग सम्वन्धित कागजातहरु अध्ययन गर्दा सोसल साइन्स बाहाले ‘देश संक्रमण अवस्थामा गुजि्ररहेको, यस स्थितिमा अराजकताको अवस्था र दण्डहिनताले प्रश्रय पाइरहेको साथै स्थीर सरकारको अभाव र सरकारी एवं सार्वजनिक संस्थाहरुमा व्याप्त भ्रष्टाचारले जनताहरु आक्रान्त छन्…’ भन्ने जस्ता आधारहरु देखाई परियोजना छनौट गरी विभिन्न २२ वटा दातृ संस्थाहरुबाट स्थापनाकालदेखि हालसम्म ४७ करोड ९१ लाख भन्दा बढी रकम प्राप्त गरेको लेखा परीक्षण प्रतिवेदन समेतबाट देखिएको छ,’ अख्तियारले भनेको छ ।

BAHA-Social-Science-Dialogue
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको संस्थाको खर्च विवरण

‘यसरी विदेशी दातृ निकायहरुबाट प्राप्त रकममध्ये विगत करिव ५ वर्षमा एलाइन्स फर सोसल डाइलग र सोसल साइन्स बाहाले २९ करोड २० लाख रकम खर्च गरेको र सोमध्ये एलाइन्स फर सोसल डाइलगले मात्र १३ करोड रुपैयाँ भन्दा बढी रकम खर्च गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको हुँदा माथि उल्लेखित ५ वर्ष लगायत अन्य वर्षहरुमा उपरोक्त गैर सरकारी संस्थाहरुले खर्च गरेको रकमको विषयमा समेत छानविन गर्नुपर्ने देखिन्छ,’ अख्तियारले भनेको छ ।

एलाइन्स फर सोसल डाइलगका निर्देशक हरि शर्माले मासिक रुपमा उक्त संस्थाबाट ४ लाख ६८ हजार ६ सय रुपैयाँ तलवभत्ता र सोसल साइन्स बाहाका डाइरेक्टरले १ लाख ५४ हजार ५ सय रुपैयाँ मासिक तलब बुझ्ने गरेका छन् । साथै उनीहरुले आफ्नै संस्थाले सञ्चालन गरेको केही परियोजनाहरुको कन्सल्ट्यान्ट भै परियोजना पिच्छै अलग्गै पारिश्रमिक समेत बुझ्ने गरेको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले भनेको छ, ‘यसैगरी बोर्ड मिटिङ भत्ता भनी सुशिलराज प्याकुरेल लगायत अन्य सदस्यहरुले प्रति बैठक प्रतिव्यक्ति ३१ हजार ८ सय ३९ रुपैयाँका दरले भुक्तानी लिएको र गैरनाफामूलक गैर सरकारी संस्थाबाट नाफा मूलक संस्था झैं गरी बोनस समेत लिएको देखिन्छ ।’

अख्तियारले भनेको छ, ‘दाताहरुबाट सहयोग स्वरुप प्राप्त रकम सारभूत रुपमा कार्यक्रममा खर्च नगरी नेपाल र नेपाली जनताको नाममा आर्थिक उन्नती, जनचेतना, भ्रष्टाचार निवारण र सुशासन कायम गर्न भन्ने देखाई विभिन्न दातृ संस्थाहरुबाट सहयोग स्वरुप ल्याइएको रकम संस्थामा प्रभुत्व रहेका सीमित व्यक्तिहरुको स्वार्थ र हितमा केन्दि्रत रही अनुत्पादक रुपमा तलबभत्ता, विदेश तथा स्वदेश भ्रमण, होटल, पिकनिक, मदिरा सेवन लगायतमा खर्च गरेको देखियो ।’

समाजकल्याण परिषदले संस्थाको उद्देश्य अनुरुप काम नगर्ने सोसल साइन्स बाहा समेतको पर्याप्त अनुगमन नगरेको तथा दर्ता नै नभएको संस्थालाई सोसल साइन्स बाहाले विगत ५ वर्षमा १३ करोड भन्दा बढी रकम कुन ऐन, नियम र विधान अनुसार दिएको हो सो समेतको विषयमा छानविन गर्न आवश्यक रहेको अख्तियारको निष्कर्ष छ ।

ति संस्थाको उद्देश्य बमोजिम कार्यक्रमहरुमा रकम खर्च भएको पुष्टि हुने प्रष्ट र पर्याप्त आधारहरु नभएको अख्तियारको ठहर छ ।

सोसल साइन्स बाहा तथा एलाइन्स फर सोसल डाइलगले गरेको खर्च संस्थाको उद्देश्यसँग मेल नखाएको र परिणाममुखी समेत नदेखिएको भन्दै अख्तियारले यसबारे थप अनुसन्धान तथा छानविन गर्न सरोकारवाला निकायलाई पत्राचार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment