Comments Add Comment

नवलपरासीमा झाडापखालाको प्रकोप, ९० परिवार प्रभावित

 

९ असोज, नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ९ सिम्रेनी र भिम्रेनी गरी २ वटा गाउँमा झाडापखाला प्रकोप फैलिएको छ ।

Jhada-Pakhalaएक सातादेखि फैलिएको झाडापखाला दिन दिनै फैलँदै गएको छ । झाडापखालाबाट मध्यविन्दु नगरपालिकाको सिम्रेनी र भिम्रेनीका दुई गाउँका १२ घरका सबै परिवार विरामी परेका छन् भने ९० घरभन्दा बढी घर प्रभावित भएका छन् ।

झाडापखालाबाट गाउँका ९० घरपरिवार प्रभावित बनेको स्थानीय बासिन्दा तथा लज्या खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष सागर ढकालले जानकारी दिए ।

ढकालका अनुसार ९० घरधुरीमध्ये करीब १०/१२ घरपरवारका सबै विरामी परेका छन भने र अन्य घरपरिवारका २ देखि ३ जनासम्म विरामी परेका छन् ।

शुक्रवारबाट विरामी पर्नेहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भएपनि उपचारमा कसैले ध्यान दिएका छैनन् ।

गाउँमा झाडापखाला फैलिएपछि शनिवारबाट स्वास्थ्य शिविर सञ्चालन गरिएपनि सामान्य जाँच गरेर जीवनजल मात्रै दिइएको ढकालले गुनासो गरे ।

सिम्रेनीका फूलमती कुमालले आफ्नो घरमा मात्रै ४ जना विरामी भएको बताइन् । उनले आफू पनि विरामी भएको र चोरमारा स्वास्थ्य चौकी झरेर उपचार गरेपछि निको भएको बताइन् ।

धाराको पानीमा खेतको पानी मिसिएको प्रदुषित पानी आएपछि यस्तो भएको गाउँलेहरुको अनुमान छ । फोहोर पानी पिउनासाथ वान्ता हुने पखाला लाग्ने गरेको छ ।

आइतबार भरतपुरबाट समेत स्वास्थ्यकर्मीको टोली आएका छन् । स्वास्थ्यकर्मीको टोलीले पियुस वितरण गरेका छन् भने पानीको मुहानमा पियुस लगायतका औषधि छर्किएको बताइएको छ ।

खानेपानी संस्थाका अध्यक्ष खनालले खानेपानीको मूल, खोला किनार नजिक रहेकोले २ गते राति आएको बाढीले खानेपानीको मुहान बगाएर धमिलो पानी मिसिएको बताए । अहिले उक्त मुहानबाट पानी रोकिएको र स्थानीयले चुवाडी र इनारको पानी प्रयोग गरेको खनालले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका छवि गिरीले खबर पाएलगत्तै स्वास्थ्यकर्मीको टोली पठाएको र स्थिति नियन्त्रणमा आएपछि आइतबार दिउँसो टोली फर्किएको बताए । गाउका ९० घरपरिवारले २० वर्षदेखि उक्त मुलको पानी पिउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment