Comments Add Comment

पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा खस्यो, अवस्था अज्ञात

Madhav-Ghimire-Car-Accident-1
९ असोज, चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार कार आइतबार साँझ त्रिशुली नदीमा खसेको छ ।

मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको कार आइतबार साँझ घोप्टेभिर भन्ने स्थानबाट पाँच बजेतिर सडकबाट त्रिशुली नदीमा खसेको थियो ।

घटनास्थल नजिक एकजना असइ, एक महिला र एक पुरुषको शव फेला परेको छ । उनीहरुको सनाखत भएको छैन ।

चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरका अनुसार घिमिरेको अवस्था भने अज्ञात छ । कार पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको कुँवरले जानकारी दिए ।

उद्धारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन उद्धार टोली परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment